५ बैशाख २०८२, शुक्रबार
April 18, 2025 Friday

19.27°C

काठमाडौं

19.27°C

Kathmandu

Feels-like: 19.55

Wind: 2.06

Humidity: 88

तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?



अ+ अ-

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । शुक्रबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुन प्रतितोला १ लाख ६१ हजार ३०० रुपैयाँ कायम हुँदै नयाँ रेकर्ड बनेको हो । यसअघि असोज ११ गते सुनको मूल्य १ लाख ६१ हजार २०० रुपैयाँ कायम भएको थियो ।

बिहीबार सुन प्रतितोला १ लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १ हजार ९८० रुपैयाँमा कारोबार भईरहेको छ ।