१८ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजा ज्ञानेन्द्र यसकारण गएका थिए भुटान



अ+ अ-

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह भुटान भ्रमणमा जानुभएको छ ।

भूटानी राजाको औपचारिक निमन्त्रणामा ड्रुक एयरबाट पारो अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुँदा पूर्वराजा ज्ञानेन्द्रलाई भूटानी राजाको विशिष्ट अतिथिको रूपमा भूटानी अधिराजकुमारी पेमा ल्हादेन वांगचुकले स्वागत गर्नुभएको थियो ।

बिमानस्थलबाट सरकारी गाडीबाट राजकीय सम्मानसहित राजकीय अतिथिगृह पुर्‍याइएको थियो ! अतिथिगृहमा शाही धर्मगुरूबाट अभिषेक र आशिर्वचन प्रदान गरिएको छ ।

भूटानी सरकारले २ दिन अघी भूटान नवप्रवर्तन बृहत् अन्तरराष्ट्रिय सम्मेलनको आयोजना गरेको थियो । मौसम परिवर्तनले नेपालमा जस्तै उच्च हिमाच्छादित भूटानलाई आर्थिक, सामाजिक, जलस्रोत, विपत् व्यवस्थापनका गंम्भीर चूनौतिहरू खडा गरको छ ।

पूर्वराजा ज्ञानेन्द्रलाई वातावरणीय संरक्षणका क्षेत्रका शिखर व्यक्तित्वका रूपमा उच्चस्तरमा अनुभवको आदानप्रदान गर्न भूटान निम्ता गरिएको बुझिएको छ ।

अधिराजकुमार हुदा श्री ५ महेन्द्र प्रकृति संरक्षण कोषका अध्यक्ष ज्ञानेन्द्रको नेतृत्वमा मुस्तांगमा सुरू गरिएको अन्नपूर्णा संरक्षण क्षेत्रलाई विश्वमै प्रकृति संरक्षणका क्षेत्रको अनुपम परिकल्पना मान्ने गरिएको थियो !

नेपाली राजकीय प्रतिनिधी मण्डललाई थिम्पुबाट २४३ किमी दक्षिणपूर्वमा अवस्थित “गलेपू माइन्डफूल सस्टेनेबल सिटी“ योजनाको अवलोकन गराइने स्रोतले बताएको छ ।

भारतसँग सिमा जोडिएको गलेपू योजनावद्ध शहर २५०० वर्ग किमी क्षेत्रफलमा फैलेको छ, जून क्षेत्रफलका आधारमा सिंगापुरभन्दा पनि ठूलो रहेको छ ।

३५ वटा नदी मिसिएर बनेको मानस नदीको घाटी क्षेत्रमा अवस्थित “गलेपू माइन्डफूल सस्टेनेबल सिटी“ लाई भूटानी राजा जिग्मे खेसर वांगचुकको परिकल्पना अनुसार विकास गरिन लागेको हो ।

आर्थिक र सूचना प्रविधि केन्द्रको रूपमा विकास गरिने यस शहरका अधिकांश भौतिक संरचना पूलहरूमाथि निर्माण गरिने लक्ष्य राखिएको छ ! सभागृह, अस्पताल, विधालय, डिपार्टमेन्ट स्टोर, होटेल, बजार, सफ्टवेयर कम्पनी आदि समेत पूलहरू माथि नै बनाइने परिकल्पना गरिएको छ ! यो विश्वकै पहिलो बाढी र पहिरो रहित आधुनिक शहरीकरण आयोजना हुनेछ ।

भुटानले गलेपू माइन्डफूल सस्टेनेबल सिटी“लाई विशेष प्रशासकीय क्षेत्र घोषणा गरिसकेको छ, जसका प्रमूख नेपाली मूलका भूटानी नागरिक डि एन दाहाल रहेका छन् ।

यसक्रममा पूर्वराजा ज्ञानेन्द्रको, भूटानका वर्तमान राजाका बुवा निवर्तमान राजा जिग्मे सिग्मे वांनचुकसँग डेचेन छोलिंग राजप्रसादमा हुने भेटघाटलाई महत्वपूर्ण मानिएको छ ।

दुवै दार्जिलिंगको सेन्ट जोसेफ कलेजका एलुम्नाई र सहपाठी पनि हुनुहुन्छ ।