२५ भाद्र २०८३, बिहीबार
,
Latest
सरकारसँग पाँच वर्षे कार्यक्रम र राज्य सञ्चालनको स्पष्ट दृष्टिकोण छैन : सांसद बिष्ट ग्यास अभावप्रति सरकारको गम्भीर ध्यानाकर्षण, सांसद वयकले भने– ‘नैतिक जिम्मेवारी कसले लिने ?’ रसुवा बाढीका मृतकप्रति श्रद्धाञ्जली, ११ हजार १११ दीप प्रज्वलन रास्वपा ओखलढुंगाका सांसद पोखरेलको स्वकीय सचिवमा पत्रकार थापामगर नियुक्त कृष्णभीरमा भदौभित्रै यातायात सञ्चालन गर्ने लक्ष्य, २५० मिटर नयाँ ट्रयाक निर्माण तीव्र जलवायु न्यायलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दा बनाउन सरकारलाई संसदीय समितिको सुझाव अस्पतालबाहिर सुत्केरी घटनाको छानबिन गर्न मन्त्रालय र मेडिकल काउन्सिलको टोली राजविराज जाँदै हिमाल र हिमनदीलाई जोडेर विपद् पूर्वसूचना प्रणाली विकास गर्नुपर्छ : सांसद थापा महाभियोग प्रस्ताव दर्ता भएको छैन : संसद् सचिवालय रास्वपा महामन्त्रीको प्रश्नः सिंहदरबार र संसद भवन नै निर्माण हुन सकेको छैन, रसुवाको पुननिर्माण हुने…
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल–भारतमैत्री संघद्वारा बल्खु बाढी पीडितका लागि दश लाख रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण



अ+ अ-

काठमाडौँ । नेपाल–भारतमैत्री संघले बल्खुका बाढी पीडितका लागि दश लाख रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण गरेको छ ।

बिहीवार एक कार्यक्रमको आयोजना गरी नेपाल–भारतमैत्री संघले बल्खुका बाढी पीडिहरुका नेपाल चिकित्सक संघमार्फत दश लाख रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण गरेको हो । बाढीले बल्खु क्षेत्रमा धेरै क्षति पुगेको अवस्थामा चिकित्सक संघको आग्रह बमोजिम नेपाल–भारतमैत्री संघले सो राहत सामग्री हस्तान्तरण गरेको अध्यक्ष जानुका कार्की गिरीले बताउनु भयो । राहत सामग्रीमा खाद्यान्न, औषधि, ब्याङ्क्वेट, कम्बलहरु लगायत बहुउपयोगि सामग्रीहरु रहेको उहाँले बताउनु भयो । उहाँले वास्तविक पीडितलाई राहत उपलब्ध गराउन पनि आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘बल्खु क्षेत्रमा धेरै क्षति पुगेको हुँदा चिकित्सक संघको सम्पूर्ण टिमले आग्रह गरे अनुरुप हामीले राहत सामग्रीहरु खाद्यान्न, औषधि, ब्याङ्क्वेट, कम्बलहरु लगायत बहुउपयोगि सामानहरु हस्तान्तरण गरेका छौँ । उहाँहरुले उचित व्यवस्थापन गर्नुहुन्छ भन्ने हामीलाई आशा लागेको छ । अझै गर्नुपर्ने सहयोग हामी गर्दै जान्छौँ । पीडितहरुको हातमा परोस् । अरुको हातमा नपरोस् ।’

कार्यक्रममा बोल्दै नेपाल चिकित्सक संघको अध्यक्ष डा। अनिल कार्कीले आफूहरुले बल्खु क्षेत्रमा गएर स्वास्थ्य सेवा सँगसँगै राहत वितरण गर्ने बताउनु भयो । उहाँले बल्खुमा दुई दिन भित्रमा मेडिकल क्याम्पसहित आफूहरु जाने र राहत वितरण गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘यो जुन राहत हस्तान्तरण गर्नुभएको छ, हामीले स्वास्थ्य सेवा सँगसँगै जोडेर वितरण गर्नेछौँ । भोलि या पर्र्सि बल्खुमा मेडिकल क्याम्पसहित राहत वितरण गर्नेछौँ ।’

उहाँले विपद्को बेलामा आगामी दिनमा पनि नेपाल–भारतमैत्री संघले यस्तै सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।




भर्खरै