१६ आश्विन २०८१, बुधबार
,
Latest
डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव ‘सुगर ड्याडी’ उर्फ आशिष देउलालाई थुनामा पठाउन आदेश काठमाडौंमा एक हप्ताभित्र मेलम्चीको पानी आउँछ: मन्त्री यादव बलान नदी कटानले जोखिममा बस्ती भियतनामको चिडियाखानामा बर्डफ्लूको कारण ४७ बाघको मृत्यु बारलाई प्रश्तावित प्रधानन्यायाधीशको प्रश्नः न्यायपरिषद्को कामलाई असंवैधानिक भनेर अर्थ लगाउँदा के हुन्छ ? अँधेरी खोलामा पुल बनेपछि आवागमन सहज
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोशीमा आएको बाढीले अस्पतालसहित विद्यालय भवनमा क्षति



अ+ अ-

धुलिखेल । यही असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षाले काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१ फलामेसाँघुमा निर्माणाधीन १० शय्याको आधारभूत अस्पतालसहित विभिन्न स्थानका विद्यालय भवनमा क्षति भएको छ । वर्षासँगै आएको बाढीपहिरोबाट जनधनको क्षति हुनुका साथै बस्ती, औद्योगिक ग्राम र डम्फु जीवन्त सङ्ग्रहालय बगाएको हो ।

रोशी गाउँपालिकाले बाढीपहिरोबाट अर्बौंको क्षति व्यहोर्नु परेको गाउँपालिकाका अध्यक्ष दिनेश लामाले बताउनुभयो । बाढीले रोशी–१ फलामे साँघुमा निर्माणाधीन १० शय्याको अस्पताल भवनसहित सो क्षेत्रको बस्ती, रोशी–११ कालढुङ्गामा रहेको औद्योगिक ग्राम र सोही ठाउँमा निर्माण भएको डम्फु जीवन्त सङ्ग्रहालयसहितको उद्यान बगाएको उहाँले जानकारी दिनुभयो ।

पक्की तथा झोलुङ्गे पुल, नार्क पुल र कालढुङ्गाको बस्ती बगाएको छभने वडा नं ४ थिङटोलमा सात घर पहिरोले पुरेर क्षति पुर्‍याएको अध्यक्ष लामाले जानकारी दिनुभयो । पालिकाभित्र मात्रै १२ जनाको मृत्यु भएको छभने ५२ जना घाइते भएका उहाँले बताउनुभयो ।

बाढीपहिरोबाट सडक, विद्युत्, टेलिफोन, खाद्यन्न र खानेपानीको तत्काल आपूर्ति गर्न स्थलमार्ग सबै टुटेकाले हवाईमार्ग वा हेलिकप्टरको सहायताबिना सम्भावन नहुने बताउँदै अध्यक्ष लामाले त्यसका लागि तीनै तहका सरकारले गर्नुपर्ने कामको वर्गीकरण सहकार्य र समन्वयबाट अघि बढ्नुपर्ने बताउनुभयो ।

गाउँपालिकाका उपाध्यक्ष मीमबहादुर वाइबाले सञ्चार सम्पर्कसमेत विच्छेद भएकाले यकिन विवरण सङ्कलन गर्न समस्या भइरहेको बताउनुभयो । उहाँका अनुसार अहिलेसम्ममा १२ वटा विद्यालय भवनमा क्षति पुगेको विवरण प्राप्त भएको छ ।

रोशी–८ मा रहेको देवीश्वरी प्रावि, वडा नं ५ सिसाखानी घिसिङटोलको विद्याविकास भवनको कक्षाकोठा र विद्यालय परिसर पुरिएको, वडा नं ७ को अमरनाथ प्रावि परिसरसहित रोशी खोलाले कटान गरेको, वडा नं ९ मङ्गल जनविजय मावि परिसरमा बाढी पसेर कम्पाउण्ड वाल बगाएको, वडा नं १० पञ्चकन्या मावि वाल्टिङ विद्यालयमा बाढी पसेर क्षति भएको, वडा नं ११ कालढुङ्गामा रहेको शान्तिबुद्ध प्राविको भवन खोलाले कटान गरेको र वडा नं ४ ज्वालादेवी प्रावि खोला कटानका कारण जोखिममा रहेको उपाध्यक्ष वाइबाले जानकारी दिनुभयो ।

त्यस्तै वडा नं ११ भीमेश्वर माविको पर्खालमा क्षति भएको, वडा नं ५ लुर्पुङ भूमेस्थान माविको कक्षाकोठामा भल पसी क्षति हुनाका साथै पहिरोले भवन चर्किएको, वडा नं १० महाभारत प्रावि भवनमा पहिरो पसी एउटा कक्षाकोठा पुरेको तथा विद्यालय कम्पाउण्ड बगाएको, वडा नं ३ मसराङगीमा रहेको भूमेस्थन प्राविमा पहिरोले विद्यालय कम्पाउण्ड र कक्षाकोठा पुरेको र वडा नंं ९ मा रहेको भूमेस्थान प्रावि सल्लेनीमा पहिरोले विद्यालय भवन आंशिक पुरेको छ । क्षतिको विस्तृत विवरण सङ्कलन भइरहेको गाउँपालिकाले जनाएको छ ।