१९ मंसिर २०८२, शुक्रबार
,
Latest
सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपद् व्यवस्थापन र हवाई भाडादरलगायत विषयमा रास्वपाले तीन वटै तहका सरकारलाई बुझायो ध्यानाकर्षण पत्र



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विपद् व्यवस्थापन, उपभोक्ता अधिकार र हवाई भाडादरलगायत विषयमा एकैपटक तीन वटै तहका सरकारको ध्यानाकर्षण गराएको छ।

केन्द्रीय उद्योग तथा वाणिज्य विभागको नेतृत्वमा संघीय सरकारका गृह, भौतिक पूर्वाधार तथा यातायात, उद्योग, वाणिज्य तथा आपूर्ति र संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, सातै प्रदेशका मुख्यमन्त्री र सबै स्थानीय सरकारका प्रमुख तथा सतहत्तरै जिल्ला प्रशासन कार्यालयमा हिजो र आज ध्यानाकर्षण-पत्र बुझाएको हो ।

रास्वपाले तिनै तहमा बुझाएको ध्यानाकर्षणका बुँदाहरु यसप्रकारका छन् :

(१) केही दिनअघिको भारी वर्षाले निम्त्याएको बाढी, पहिरो र डुवानका कारण ज्यान गुमाउनेको परिवारलाई उचित राहत, वेपत्ताको खोजी, घाइतेको उपचार, घरबारविहीनलाई सहज अस्थायी बसोबासरखानपिनको व्यवस्था, बेलिब्रिजको प्रबन्धसहित अवरुद्ध सडक सकेसम्म छिटो सञ्चालन वा वैकल्पिक सडकको व्यवस्थापन।

(२) चाडपर्व नजिकिँदा अनावश्यक सञ्चय गरी उपभोग्य बस्तुको कृतिम अभाव सृजना गर्ने, कालोबजारीलाई प्रश्रय दिने, व्यापारी स्वयमले चरम मूल्यवृद्धि गर्ने तथा उपभोक्ताले गुणस्तरीय वस्तुरसेवा प्राप्त नगर्ने समस्या बढेको जनगुनासोबीच व्यापारीलाई आंतकित नबनाई समन्वयात्मक भूमिकामा उपभोक्ताको अधिकार र आपूर्ति व्यवस्थालाई सुनिश्चित गर्ने वातावरण निर्माण।

(३) विवद्का कारण जोखिमयुक्त रहेका कतिपय सडकमा व्यवसायीले सार्वजनिक सवारी साधन चलाएर आफूखुसी भाडा असुल्ने गरेको र चाडपर्वका मुख्य दिनमा यो क्रम बढ्ने भएकाले अनुगमन गरी यात्रुको सुरक्षामा ध्यान दिन तथा सडकयात्रा प्रभावित भएको र चाडबाड पनि नजिकिएका बेला हवाई यात्रा गर्नुपर्ने वाध्यतात्मक परिस्थितिमा सरकारले नै न्यूनतम भाडादरमा हवाई टिकटको सुनिश्चितता गर्नुपर्ने ।

(४)सरकारले तोकेको भाडादरको पूर्ण कार्यान्वयनसहित कृतिम अभाव सिर्जना गरी चर्को भाडा असुल्नेलाई कारबाही, सार्वजनिक यातायातका साधनको यान्त्रिक परीक्षण गरी मापदण्ड पूरा गरेको यकिन हुने व्यवस्था तथा लामो दूरीमा चल्ने सवारी साधनमा दुई जना चालक राख्ने प्रबन्धको कडाइका साथ अनुगमन।