१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

विपद् व्यवस्थापन र हवाई भाडादरलगायत विषयमा रास्वपाले तीन वटै तहका सरकारलाई बुझायो ध्यानाकर्षण पत्र

विपद् व्यवस्थापन र हवाई भाडादरलगायत विषयमा रास्वपाले तीन वटै तहका सरकारलाई बुझायो ध्यानाकर्षण पत्र
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विपद् व्यवस्थापन, उपभोक्ता अधिकार र हवाई भाडादरलगायत विषयमा एकैपटक तीन वटै तहका सरकारको ध्यानाकर्षण गराएको छ।

केन्द्रीय उद्योग तथा वाणिज्य विभागको नेतृत्वमा संघीय सरकारका गृह, भौतिक पूर्वाधार तथा यातायात, उद्योग, वाणिज्य तथा आपूर्ति र संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, सातै प्रदेशका मुख्यमन्त्री र सबै स्थानीय सरकारका प्रमुख तथा सतहत्तरै जिल्ला प्रशासन कार्यालयमा हिजो र आज ध्यानाकर्षण-पत्र बुझाएको हो ।

रास्वपाले तिनै तहमा बुझाएको ध्यानाकर्षणका बुँदाहरु यसप्रकारका छन् :

(१) केही दिनअघिको भारी वर्षाले निम्त्याएको बाढी, पहिरो र डुवानका कारण ज्यान गुमाउनेको परिवारलाई उचित राहत, वेपत्ताको खोजी, घाइतेको उपचार, घरबारविहीनलाई सहज अस्थायी बसोबासरखानपिनको व्यवस्था, बेलिब्रिजको प्रबन्धसहित अवरुद्ध सडक सकेसम्म छिटो सञ्चालन वा वैकल्पिक सडकको व्यवस्थापन।

(२) चाडपर्व नजिकिँदा अनावश्यक सञ्चय गरी उपभोग्य बस्तुको कृतिम अभाव सृजना गर्ने, कालोबजारीलाई प्रश्रय दिने, व्यापारी स्वयमले चरम मूल्यवृद्धि गर्ने तथा उपभोक्ताले गुणस्तरीय वस्तुरसेवा प्राप्त नगर्ने समस्या बढेको जनगुनासोबीच व्यापारीलाई आंतकित नबनाई समन्वयात्मक भूमिकामा उपभोक्ताको अधिकार र आपूर्ति व्यवस्थालाई सुनिश्चित गर्ने वातावरण निर्माण।

(३) विवद्का कारण जोखिमयुक्त रहेका कतिपय सडकमा व्यवसायीले सार्वजनिक सवारी साधन चलाएर आफूखुसी भाडा असुल्ने गरेको र चाडपर्वका मुख्य दिनमा यो क्रम बढ्ने भएकाले अनुगमन गरी यात्रुको सुरक्षामा ध्यान दिन तथा सडकयात्रा प्रभावित भएको र चाडबाड पनि नजिकिएका बेला हवाई यात्रा गर्नुपर्ने वाध्यतात्मक परिस्थितिमा सरकारले नै न्यूनतम भाडादरमा हवाई टिकटको सुनिश्चितता गर्नुपर्ने ।

(४)सरकारले तोकेको भाडादरको पूर्ण कार्यान्वयनसहित कृतिम अभाव सिर्जना गरी चर्को भाडा असुल्नेलाई कारबाही, सार्वजनिक यातायातका साधनको यान्त्रिक परीक्षण गरी मापदण्ड पूरा गरेको यकिन हुने व्यवस्था तथा लामो दूरीमा चल्ने सवारी साधनमा दुई जना चालक राख्ने प्रबन्धको कडाइका साथ अनुगमन।