१६ आश्विन २०८१, बुधबार
,
Latest
सिन्धुलीमा सडक पूर्वाधारसहित कृषिबालीमा ठूलो नोक्सानी टिकेन पुँजीबजारको उकालो यात्रा: नेप्से परिसूचक २६ अङ्कले घट्यो स्वास्थ्य मन्त्रालयको परिसरमै डेङ्गी फैलाउने लामखुट्टेको बासस्थान ! बाढीपहिरो र डुबानको असर परेन वीरगञ्जका दुवै भन्सार नाकामा सुनसरीको तरहरामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह न्यायपालिका पुरुषप्रधान छ: सञ्चारमन्त्री गुरुङ विपद्बाट ६ अर्ब रुपैयाँ बराबरको बालिनाली नोक्शानी भयो: मन्त्री अधिकारी निर्माण व्यवसायीहरुको २० अर्ब रुपैयाँ भुक्तानी भएको छ,बाँकी दशैँअघि कोशिस गर्छौं: अर्थमन्त्री पौडेल न्यायपरिषद्को विश्वसनीयता अभिवृद्धि गर्न विशेष जोड दिनेछु: प्रश्तावित प्रधानन्यायाधीश राउत आँबुखैरेनीमा उत्पादित सयपत्री बिक्रीका लागि तयार
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनतालाई प्रत्यक्ष लाभ दिनेकुरामा जोड दिऔँ: सभामुख घिमिरे



file photo
अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेले संघीयताको माध्यमबाट जनतालाई प्रत्यक्ष लाभ दिनेकुरामा जोड दिनुपर्ने बताउनुभएको छ ।

बुधवार सिंहदरबारमा आयोजित प्राकृतिक श्रोत तथा वित्त आयोगको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संविधान संशोधनका लागि वर्तमान सरकार बनेको भन्नेकुराहरु प्रत्यक्ष र अपरोक्ष रुपबाट आइरहेको बताउनु भयो । उहाँले अहिले संघीयता नै बेठिक भयो भन्नेगरी आक्रमण भइरहेको भन्दै संघीयता कानूनअनुसार चल्ने हो भने राम्रो रहेको बताउनु भयो ।

उहाँले मनोगत भन्दा तथ्यगत आधारहरु हेरेर संघीयताको मूल्यांकन गर्नुपर्ने बताउनु भयो । उहाँले आगामी दिनमा संघीयता अझ प्रभावकारी बनाउन, संघीयताको माध्यमबाट जनतालाई प्रत्यक्ष लाभ दिन र संघीय प्रणालीको संयन्त्रबाट कामहरु प्रभावकारी सम्पन्न गर्ने वातावरण निर्मााण् गर्न जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले संविधान संशोधनको खातिर पनि यो सरकार बनेको हो भन्नेकुराहरु प्रत्यक्ष र अपरोक्ष रुपबाट आइरहेको छ । त्यो गर्ने प्रक्रियामा कहिले जान्छ, कसरी जान्छ रु प्रक्रिया के हुन्छ एउटा कुरा भयो । तर जे भएपनि अहिले निकै ठूलो अट्याक के छ भने संघीयता नै बेठिक थियो, बेठिक छ र तीन तहको सरकार बढी खर्चिलो भयो, यो प्रशासनिक रुपमा मात्रै गए । विकासको साधक होइन बाधक भयो भन्नेकुरा धेरै आएको छ । म व्यक्तिगत रुपबाट अस्वीकार गर्छु । किनभने त्यो मनोगत कुराहरु छ, तथ्यगत रुपमा कुराहरु छैन । तथ्यमा आधारित भएर यो आयोगले धेरै कामहरु गरेको छ । अझै डेथमा जाने तथ्यांकहरु, तयारी गर्ने र कार्यान्वयनले के परिणाम दिइरहेको छ हेर्ने, कार्यान्वयनमा जाँदाका श्रोतको उपयोग, रिसोर्सको उपयोग कमसरी भइरहेका छन् त्यो बुझ्नुपर्छ । अनुमानमा भन्दा तथ्यमा आधारित भएर आउनुपर्छ । आगामी दिनमा संघीयता अझ प्रभावकारी बनाउन, संघीयताको माध्यमबाट जनतालाई प्रत्यक्ष लाभ दिन र हाम्रो संघीय प्रणालीको संयन्त्रबाट कामहरु प्रभावकारी ढंगबाट कामहरु गर्नका लागि यसको भुमिका महत्वपूर्ण छ ।’

सभामुख घिमिरेले संघीयता विकासको वाधक भयो भन्नेकुरामा आफू असहमत रहेको बताउनु भयो ।