१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

जनतालाई प्रत्यक्ष लाभ दिनेकुरामा जोड दिऔँ: सभामुख घिमिरे

जनतालाई प्रत्यक्ष लाभ दिनेकुरामा जोड दिऔँ: सभामुख घिमिरे
file photo
अ अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेले संघीयताको माध्यमबाट जनतालाई प्रत्यक्ष लाभ दिनेकुरामा जोड दिनुपर्ने बताउनुभएको छ ।

बुधवार सिंहदरबारमा आयोजित प्राकृतिक श्रोत तथा वित्त आयोगको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संविधान संशोधनका लागि वर्तमान सरकार बनेको भन्नेकुराहरु प्रत्यक्ष र अपरोक्ष रुपबाट आइरहेको बताउनु भयो । उहाँले अहिले संघीयता नै बेठिक भयो भन्नेगरी आक्रमण भइरहेको भन्दै संघीयता कानूनअनुसार चल्ने हो भने राम्रो रहेको बताउनु भयो ।

उहाँले मनोगत भन्दा तथ्यगत आधारहरु हेरेर संघीयताको मूल्यांकन गर्नुपर्ने बताउनु भयो । उहाँले आगामी दिनमा संघीयता अझ प्रभावकारी बनाउन, संघीयताको माध्यमबाट जनतालाई प्रत्यक्ष लाभ दिन र संघीय प्रणालीको संयन्त्रबाट कामहरु प्रभावकारी सम्पन्न गर्ने वातावरण निर्मााण् गर्न जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले संविधान संशोधनको खातिर पनि यो सरकार बनेको हो भन्नेकुराहरु प्रत्यक्ष र अपरोक्ष रुपबाट आइरहेको छ । त्यो गर्ने प्रक्रियामा कहिले जान्छ, कसरी जान्छ रु प्रक्रिया के हुन्छ एउटा कुरा भयो । तर जे भएपनि अहिले निकै ठूलो अट्याक के छ भने संघीयता नै बेठिक थियो, बेठिक छ र तीन तहको सरकार बढी खर्चिलो भयो, यो प्रशासनिक रुपमा मात्रै गए । विकासको साधक होइन बाधक भयो भन्नेकुरा धेरै आएको छ । म व्यक्तिगत रुपबाट अस्वीकार गर्छु । किनभने त्यो मनोगत कुराहरु छ, तथ्यगत रुपमा कुराहरु छैन । तथ्यमा आधारित भएर यो आयोगले धेरै कामहरु गरेको छ । अझै डेथमा जाने तथ्यांकहरु, तयारी गर्ने र कार्यान्वयनले के परिणाम दिइरहेको छ हेर्ने, कार्यान्वयनमा जाँदाका श्रोतको उपयोग, रिसोर्सको उपयोग कमसरी भइरहेका छन् त्यो बुझ्नुपर्छ । अनुमानमा भन्दा तथ्यमा आधारित भएर आउनुपर्छ । आगामी दिनमा संघीयता अझ प्रभावकारी बनाउन, संघीयताको माध्यमबाट जनतालाई प्रत्यक्ष लाभ दिन र हाम्रो संघीय प्रणालीको संयन्त्रबाट कामहरु प्रभावकारी ढंगबाट कामहरु गर्नका लागि यसको भुमिका महत्वपूर्ण छ ।’

सभामुख घिमिरेले संघीयता विकासको वाधक भयो भन्नेकुरामा आफू असहमत रहेको बताउनु भयो ।