२२ भाद्र २०८३, सोमबार
,
Latest
पाक्नै लागेको धानबाली नष्ट : भक्तपुरका किसान दुःखी भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने हेलिकप्टरले लैजानुपर्ने ठाउँबाहेक अन्य स्थानमा राहत पुगिसक्यो, उद्धार कार्य जारीः कार्यकारी प्रमुख डा.उप्रेती बाढी विस्थापित नागरिकलाई सेल्टरमा राख्न र खाद्यान्न तथा बसोवास व्यवस्थापनको जिम्मेवारी वागमती प्रदेश सरकारले लिने झापाबाट २२ हात्ती भारत तर्फ जलविद्युतका सुरुङमा उद्धार जारी, ‘ब्रेक थ्रु’ नभएसम्म खोजी नरोकिने बाढीपहिरो विपद् व्यवस्थापनमा अग्रपंक्तिमा नेपाल स्काउट, उद्धारदेखि पुनःस्थापनासम्म सक्रिय बाढी प्रभावितको उपचारका लागि १७९ पिन्ट रगत सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हनुमाननगर–राजविराज सडक जीर्ण



अ+ अ-

राजविराज । दसैँ, तिहार जस्ता चाडबाड नजिकिँदै गर्दा जिल्लाको मुख्य सडकहरु मर्मत हुन सकेका छैनन् । हनुमाननगर– राजविराज सडक खण्ड जीर्ण हुँदा यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

सदरमुकाम राजविराजदेखि पूर्व भारदहस्थित पूर्व–पश्चिम राजमार्गसँग जोडिने उक्त सडकमा ठूल्ठूला खाल्डो हुँदा सवारीसाधन आवतजावतमा समस्या भएको बस चालक बताउँछन् । मंसापुर भन्ने स्थानमा पाँच/छ वर्षदेखि सडकमा ठूल्ठूला खाल्डो हुँदा पनि सडक विभागले सडक मर्मत नगरेको स्थानीय शैलेन्द्र सिंहले बताउनुभयो ।

सडेपार र मंसापुरको बिचमा अवस्थित सडकमा रहेको खाल्डोका कारण सामान्य वर्षा हुँदा पनि पानी जमेर पोखरी बन्ने गर्छ । सप्तरीका प्रसिद्ध दुई शक्तिपीठ रहेकाले यही सडक भएर दसैँमा हजारौँ भक्तजन यात्रा गर्ने गर्छन् ।

भारदहस्थित कङ्कालिनी मन्दिर र राजविराजदेखि ११ किलोमिटर दक्षिणमा अवस्थित छिन्नमस्ता भगवती मन्दिरमा दसँैमा भीड लाग्ने गर्दछ । तर यिनै मन्दिर पुग्ने सडकको अवस्था नाजुक हुँदा आवतजावतमा समस्या भएको सवारी चालक रमेन यादव बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “राजविराजदेखि हनुमाननरसम्मको १४ किलोमिटर सडक गुणस्तरहीन भएकाले पुरै भत्किएर जीर्ण छ । सडकमै पोखरी छिचोल्दै गाडी चलाउनुपर्ने बाध्यता छ । कतिखेर गाडी पल्टिन्छ टुङ्गो हुन्न ।” खासगरी मोटरसाइकल, अटो, सिटी रिक्सालगायतका सवारीसाधन गुडाउन बढी जोखिम रहेको यात्रुहरु बताउँछन् । वर्षौँदेखि जीर्ण सडकका कारण धुलो उड्दा स्वास्थ्यमासमेत असर गरेको स्थानीयवासीको गुनासो छ । रासस