२५ भाद्र २०८३, बिहीबार
,
Latest
सरकारको केन्द्र सिंहदरबारबाट बाहिर सरेर ‘ज्वागल’ पुग्यो: अमरेश कुमार सिंह राष्ट्रिय सभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक सर्वसम्मतिले पारित झाँक्रीद्वारा सरकारलाई दलगत दृष्टिकोण त्यागेर विपद्मा समन्वय गर्न आग्रह कोइम्ब्रामा बाढी–पहिरोमा ज्यान गुमाएकाको सम्झनामा श्रद्धाञ्जली सभा विपत्तिमा राजनीति होइन, उद्धार र नागरिकको जीवन रक्षा प्राथमिकतामा हुनुपर्छ : खुश्वु ओली हङकङमा ११औँ बीआरआई शिखर सम्मेलन सुरु, ७० देशका ६ हजारभन्दा बढी सहभागी गणेश पराजुली उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बन्दै सरकारसँग पाँच वर्षे कार्यक्रम र राज्य सञ्चालनको स्पष्ट दृष्टिकोण छैन : सांसद बिष्ट ग्यास अभावप्रति सरकारको गम्भीर ध्यानाकर्षण, सांसद वयकले भने– ‘नैतिक जिम्मेवारी कसले लिने ?’ रसुवा बाढीका मृतकप्रति श्रद्धाञ्जली, ११ हजार १११ दीप प्रज्वलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपिएलको आठ टिमका टिम मालिक सार्वजनिक



अ+ अ-

काठमाडौँ । नेपाल प्रमियर लिग (एनपिएल) को आठ टिमका टिम मालिक सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघले मङ्गलवार साँझ एक कार्यक्रम आयोजना गरी टिम मालिकको नाम सार्वजनिक गरेको हो ।

सोही कार्यक्रममा आठै टिमको लोगो पनि देखाइएको थियो । काठमाडौं गुर्खाजका टिम मालिकमा कैलाश सिरोहिया,उपेन्द्र महतो र अरूण सराफ रहेका छन् । नेपाल स्पोर्टस डेभलपमेण्ट भेन्चर प्रा.लि. कम्पनीले यो टिम किनेको हो । पोखरा एभेन्जर्स नेपाल टी–ट्वान्टी क्रिकेट लिमिटेडले खरिद गरेको हो भने टिम मालिकमा सुवोध त्रिपाठी र मनोबल श्रेष्ठ रहेका छन् ।

यस्तै, चितवन मेडिकल कलेजले किनेको चितवन राइनोजका टिम मालिक हरिशचन्द्र न्यौपाने र आयुश न्यौपाने हुन् । विराटनगर किंग्सका मालिक पारस लुनियाँ हुन् । कम्पनीको नाम एमएडी ड्रीम्स हो ।

त्यसैगरी, लुम्बिनी लायन्सका टिम इश्वर जीसीले फर्चुन हेल्थ केयर कम्पनीको नाममा किनेका हुन् । ड्रीम स्पोर्ट्स कम्पनीका मालिक अमित श्रेष्ठले जनकपुर बोल्ट्स खरिद गरेका हुन् । हिमालयन बिल्डर्स एण्ड इन्जिनियर्सका झनकदत्त खनाल र ग्रिहेन्द्र घिमिरेले कर्णाली याक्स किनेका हुन् । यस्तै सुदूरपश्चिम रोयल्स स्वतन्त्र प्रताप शाहले किनेका हुन् । एम्पायर स्पोर्ट्सले सुदूरको टिम खरिद गरेको हो ।

टिम मालिक सार्वजनिकसँगै अधिकांश टिमका मालिकहरूले क्रिकेटमा लगानी गर्नुलाई देशप्रतिको जिम्मेवारीको रूपमा लिएको बताए । धेरैले यो शुरूवातको लागि क्यान नेतृत्वलाई धन्यवाट दिए । मंसिर १६ गतेदेखि पुस ६ गतेसम्म हुने लिगको चर्चा अहिले निकै चुलिएको छ ।

यसअघि क्यानले मार्की खेलाडीले जनही २० लाख प्राप्त गर्ने घोषणा गरेको थियो । आठ टिमले टिम खरिदका लागि १६ करोड ८८ लाख ९३ हजार २३१ रूपैयाँ खर्चेका थिए ।