१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

व्यवसायी भन्छन्: ‘दशैं आयो तर व्यापार छैन’

विगतको तुलनामा व्यापारमा ७५ प्रतिशत कमी

व्यवसायी भन्छन्: ‘दशैं आयो तर व्यापार छैन’
अ अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यकाका मुख्य बजारमा दशैँको लागि विगतको तुलनामा किनमेल गर्ने ग्राहक २५ प्रतिशत पनि नआएको व्यवसायीहरुले गुनासो गरेका छन् ।

दशैँ लागेसँगै काठमाडौं उपत्यकाका मुख्य बजार असन,न्युरोड,महाबौद्ध,भोटाहिटी लगायतका बजारमा सामान किनमेल गर्ने ग्राहकहरुको भीड हुने भएपनि अहिले बजार सुनसान छ । विगतका वर्षहरुमा जस्तो यस वर्ष पनि आर्थिक मन्दीको कारण व्यापारमा उत्साह नदेखिएको व्यापारीहरुले बताए । उनीहरुले दशैँ नजिक अविरल वर्षाको कारण मुलुकभर आएको बाढी पहिरो जस्ता विपत्तिले व्यापार व्यवसायीमा थप संकट ल्याएको बताएका छन् । दशैँ लागेसँगै बजारमा ग्राहकको भीडभाड बढ्ने र व्यापार वृद्धि हुने व्यवसायीहरुको आशा निरासामा परिणत भएको छ । दशैँ लागेसँगै बजारमा ग्राहकहरु बढ्ने र व्यापारीहरुलाई केही राहत मिल्ने आशा भएपनि बाढी पहिरोका कारण बजार थप प्रभावित भएको गुनासो गरे ।

व्यापारीहरुले विगतका वर्षहरुमा सोही समयमा हुने सतप्रतिशत व्यापारको अहिले २५ प्रतिशत पनि व्यापार हुन नसकेको भन्दै व्यापार व्यवसाय दयनीय अवस्थामा पुगेको उल्लेख गरे । बजारमा आर्थिक मन्दीको प्रभाव तथा ग्राहकहरुको क्रय शक्ति कमजोर र सक्रिय उपभोक्ता विदेश पलायन भएकाले पनि विगतको तुलनामा व्यापारमा कमी आएको व्यवसायीहरुको भनाइ छ । उनीहरुले दशैँ लागेसँगै व्यापार बढ्ने केही आश भएपनि बाढी पहिरो जस्ता विपत्तिको कारण बजारमा ३० प्रतिशत भन्दा बढी व्यापार नहुने आँकलन रहेको बताए । सरकारको नीति ,बैंकको ब्याज,घरभाडा वृद्धि तथा सरकारले लगाउने करमा वृद्धि भएकाले बजारमा सामानको मूल्य पनि विगतको तुलना वृद्धि भएको बताए । उनीहरुले आर्थिक मन्दीले ग्राहकहरुको क्रयशक्तिमा कमी आएको अवस्थामा सामानको मूल्य वृद्धि हुँदा पनि सामान बोच्न व्यवसायीहरुलाई समस्या भएको बताए ।

नेपाल राष्ट्रिय व्यापार महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले यस वर्षको दशैँ व्यवसायी र आम नागरिकको लागि दशाको रुपमा देखापरेको बताउनु भयो । उहाँले अहिले मुलुक नै व्यापार व्यवसाय भन्दा पनि बाढी पहिरो र प्राकृतिक प्रकोपको चपेटामा परेकाले यस वर्षको दशैँमा रौनक नभएको बताउनु भयो । उहाँले विगतको तुलनामा ७५ प्रतिशत व्यापारमा कमी आएर २५ प्रतिशत पनि व्यापार नभएको अवस्थामा बाढी पहिरोको कारण शिथिल बनाएको बताउनु भयो । उहाँले मुलुकका सक्रिय युवाहरु विदेश पलायन भएकाले पनि बजारमा व्यापारमा कमी आएको बताउनु भयो । उहाँले बाढी पहिरोको कारण काठमाडौं उपत्यकाबाट देशभर जाने सडक मार्गहरु बन्द भएकाले होलसेल व्यवसायीहरुलाई थप समस्या भएको बताउनु भयो ।

संस्थापक अध्यक्ष कटुवालले बजारमा बैंकिङ समस्या र सरकारको कर नीति लगायतको कारण दशैँमा बजार चलायमान हुने अवस्था नदेखिएको बताउनु भयो । उहाँले व्यापार व्यवसाय विगतको तुलनामा रौनक नदेखिएको भन्दै व्यवसायीहरुमा दैनिक निराशा छाएको बताउनु भयो । उहाँले भन्सार दरदेखि स्थानीय कर,घरभाडा,ढुवानी समेत बढेको हुँदा बजार मूल्य पनि बढेर उपभोक्ताको हैसियत भन्दा माथि बजार मूल्य पुगेको पनि बताउनु भयो । उहाँले उद्योगी व्यवसायीहरु पनि विदेश पलायन हुनुपर्ने सोचमा पुगेको बताउनु भयो । क्रयशक्ति कम भएकाले दशैँमा मानिसहरुको विगतको जस्तो किनमेलमा उत्साह नदेखिएको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो,‘दशैंँमा बजार चलायमान हुने देखिएको छैन । बजारमा बैंकिङ समस्या र सरकारको कर नीति लगायतको कारण बजार चलायमान हुन सकेको छैन । दशैँमा बजारमा विगतको जस्तो रौनक छैन । व्यापार व्यवसाय विगतको तुलनामा रौनक देखिएको छैन । कोभिड भन्दा अघिको बजार र अहिले धेरै फरक भएको छ । व्यवसायीहरुमा दैनिक निरासा छाएको छ । लगानी सुरक्षित गर्ने अवस्था पनि छैन । भन्सार दरदेखि स्थानीय कर,घरभाडा,ढुवानी समेत बढेको हुँदा बजार मूल्य पनि बढेर उपभोक्ताको हैसियतअनुसार बजार मूल्य छैन । केही वृद्धि भएको छ । मुलुकमा युवाहरु सबै विदेश पलायन भएकाले पनि बजारमा मानिसहरु छैनन् । उद्योगी व्यवसायीहरु पनि विदेश पलायन हुनु पर्ने सोचमा पुगेका छन् । बजार विगतको तुलनामा २५ प्रतिशतमा सिमित भएको छ । २५ प्रतिशतको व्यापारले सबै कुराहरु धान्दैन । बाढी पहिरोबाट भएको सडक पूर्वाधार सरकारले तत्काल बनाउँदै यात्राको लागि सहज वातावरण बनाउन जरुरी छ ।’

राष्ट्रिय व्यापार संघका पूर्वअध्यक्ष सरोजकुमार श्रेष्ठले दैनिक ७ हजार मानिसहरु विदेश गइरहेकाले नेपालमा कसलाई सामान विक्री गर्ने भन्ने अवस्था आएको बताउनु भयो । उहाँले उपभोग गर्ने युवाहरु श्रम तथा अध्ययनको लागि विदेश जाने क्रमले पनि बजारमा माग बढ्न नसकेको भन्दै बजार २० देखि २५ प्रतिशत मात्रै व्यापार रहेको बताउनु भयो । उहाँले कोभिडपछि शुरु भएको आर्थिक मन्दी यस वर्षको दशैँमा आएर चरम उत्कर्षमा पुगेको देखिएको बताउनु भयो । उहाँले व्यापार नभएर निरासा रहेको व्यवसायीहरुलाई बाढी पहिरोको कारण थप निराशा थपेको बताउनु भयो । पछिल्लो दुई वर्षदेखि निरन्तर रुपमा चाडपर्वमा व्यापार व्यवसायीमा कमी हुँदै आएको भन्दै विगतको तुलनामा यस वर्ष शुन्य अवस्थामा आएको बताउनु भयो । उहाँले यस वर्षको देशैँमा २० प्रतिशत भन्दा बढी व्यापार हुने अवस्था देखिएको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘मुलुक नै मन्दीमा छ । कोभिडपछि क्रमश: मन्दी शुरु भएर अहिले चरम बिन्दुमा गएको अवस्था छ । लामो समयदेखि व्यापार चलायमान हुन सकेको छैन । उपभोक्ताको कमीको कारणले पनि बजार चलायमान हुन सकेको छैन । बजारमा उपभोग वृद्धि गर्ने युवा जनशक्ति विदेश पलायन भएको कारण पनि व्यापारमा कमी भएको हो । मानिसहरुको क्रय शक्ति घटेको छ । काठमाडौं बाहिरको व्यापारको अवस्था पनि उस्तै छ । बाढी पहिरोको कारण काठमाडौं नाकाबन्दीको अवस्थामा छ ।’

रञ्जना व्यापार संघका अध्यक्ष हरिप्रसाद पाण्डेले पनि बजार व्यापार २० देखि २५ प्रतिशतमा झरेको भन्दै ७० प्रतिशतले गिरावट आएको बताउनु भयो । उहाँले ७० प्रतिशत व्यापारमा आएको गिरावटले व्यवसायीहरु ठूलो मारमा परेको भन्दै व्यापार व्यवसायीहरुलाई सुरक्षा दिने सम्बन्धमा सरकारले ध्यान दिन जरुरी रहेको बताउनु भयो । उहाँले व्यापारको लागि दशैँमा घटस्थापनाका दिनदेखि फूलपातीको दिनसम्म पिक समय मानिने भएपनि अहिले त्यस्तो नरहेको बताउनु भयो । दशैँ लाग्ने दुई हप्ता अघि बजार भिडभाड हुने गरे पनि यो वर्ष सुनसान रहेको बताउनु भयो । उहाँले बाढी पहिरोको कारण मुलुक अस्तव्यस्ता भएकाले थप व्यापारमा जटिलता थपिएको बताउनु भयो । उहाँले दशैँमा बजार चलायमान भएर लगानी उठ्ने सम्भावना नभएको बताउनु भयो । उहाँले भन्सारका दरहरु सरकारले हरेक वर्ष बढाएर आयातलाई सरकारको आम्दानीको रुपमा लिएकाले सामानको मूल्य पनि बढेर आएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘मुलुक आर्थिक मन्दीको चपेटामा थियो । अहिले थप अविरल वर्षाको कारण दशैँ व्यवसायीहरु लगायत आम नागरिकलाई दशाको रुपमा आएको छ । अहिले आर्थिक चलायमान र व्यापार व्यवसाय सुस्ताएर गएको छ । अहिले बाढीको कारण मुलुक रोकमा छ । काठमाडौंका प्रत्येक नाकाहरु बन्द भएको अवस्था छ । अहिले बजार व्यापार २० देखि २५ प्रतिशतमा झरेको छ । ७० प्रतिशतले गिरावट आएको देखिन्छ । यसले व्यवसायीहरु ठूलो मारमा परेका छन् । व्यापार व्यवसायीहरुलाई सुरक्षा दिने सम्बन्धमा ध्यान दिनुपर्छ ।’

नेपाल व्यापार संघका अध्यक्ष हरि गौतमले पनि दशैँको समयमा व्यापारमा रमाउनु पर्ने व्यवसायीहरु बाढी पहिरोको कारण समस्यामा परेको बताउनु भयो । उहाँले बाढी पहिरोको कारण तातोपानी र केरुङ नाका जोड्ने सडक बाढीले बगाउँदा धेरै व्यवसायीहरुको सामान नाका र बाटोमा अड्किएर बसेको बताउनु भयो । उहाँले व्यापार गरेर दशैँमा राम्र्रै खाने र राम्रो लगाउने योजना बनाए पनि यो वर्ष खासै उत्साह नभएको बताउनु भयो । उहाँले बाढी पहिरोका कारण व्यापार समेत ठप्प भएकाले राज्यले सहजिकरण तत्काल गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘दशैँको समयमा व्यापारमा रमाउनु पर्ने व्यवसायीहरु बाढी पहिरोको कारण समस्यामा छन् । बाढी पहिरोको कारण तातोपानी र केरुङ नाका जोड्ने सडक बाढीले बगाउँदा त्यहाँबाट सामान आउन ठप्प भएको छ । व्यापार गरेर दशैँमा राम्र्रै खाने र राम्रो लगाउने योजना बनाउने बेला हो । तर बाढी पहिरोका कारण व्यापार समेत ठप्प छ । यस्तो बेला राज्यले सहजिकरण तत्काल गर्न आवश्यक छ ।’

सिभिल व्यापार संघ अध्यक्ष रत्नबहादुर घिमिरेले बजारमा दशैँ अहिलेसम्म नलागेको भन्दै बजार सुनशान रहेको बताउनु भयो । उहाँले आजसम्म बजारमा दशैको चहलपहल नदेखिएको बताउनु भयो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले सिभिल महलका व्यवसायीहरु गेम र टिकटक हेरेर बस्न बाध्य रहेको बताउनु भयो । उहाँले घटस्थापनाका दिनदेखि केही ग्राहक आउने पर्खाइमा रहेको बताउनु भयो । उहाँले दशैँमा केही व्यापारमा सुधार हुने व्यवसायीमा अपेक्षा भएपनि आशातित हुन नसकेको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘विगतमा बजारमा भनेको जस्तो समान उपलब्ध हुन नसक्दा समस्या भएको हो । भन्सारका कारण पनि बजारमा समान आउन सकेन । मूल्यवृद्धि हुँदा पनि बजार माग बढ्न नसकेको अवस्था छ । सरकारले भन्सार दर बढाएको कारण २५ प्रतिशतसम्म बजार मूल्य बढेको छ ।’

एकता व्यापार संघका अध्यक्ष तेज आचार्यले पनि विगतका दशैँको तुलनामा यस वर्षको दशैँमा विभिन्न समस्याको कारण १० प्रतिशत पनि व्यापार नहुने अवस्था देखिएको बताउनु भयो । उहाँले ९० प्रतिशत बजार प्रभावित हुने अवस्था बाढी पहिरोका कारणले अनुमान गर्नसक्ने अवस्था आएको बताउनु भयो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले दशैं लाग्नु भन्दा अघिका १० देखि १२ दिनको व्यापारले लगानी उठाउने र ऋण तिर्ने आशा रहे पनि आशा मर्दै गएको बताउनु भयो । उहाँले बजारमा भीड हुने बेला भएपनि कुनैपनि पसलहरुमा ग्राहक नभएको बताउनु भयो । उहाँले अहिलेको अवस्थामा राज्यले सडक पूर्वाधार तत्काल बनाउने र नीतिगत व्यवस्थालाई बलियो बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले व्यापार व्यवसाय नाजुक र दयनीय अवस्था रहेको भन्दै दशैँ नजिकिएसँगै केही व्यापार वृद्धि हुने अपेक्षा हुँदाहुँदै बाढी पहिरोका कारण थप समस्या बनाएको बताउनु भयो ।

न्युरोडका कपडा व्यापारी गणेशप्रसाद दुवाडीले पनि दशैँको मुखमा आएर मुलुकमा बाढी पहिरोको विपद् आएकाले थप बजारमा समस्या आएको बताउनु भयो । उहाँले आर्थिक कारोबार पनि कम भइरहेकाले दशैँ लागे पनि व्यापार व्यवसाय नाजुक अवस्थामा रहेको बताउनु भयो । उहाँले कोभिडको समयलाई हेर्दा पनि त्यसको तुलनामा २० देखि २५ प्रतिशत पनि व्यापारमा कमी आएको बताउनु भयो । उहाँले व्यवसायीहरुले सामान ऋण गरेर आयात गरेको सामान समेत पसलसम्म आउन नसकेर बाटोमा फसेको बताउनु भयो । अर्का व्यापारी रञ्जना महलमा स्टार जिन्सका सञ्चालक संयोग श्रेष्ठले पनि विगतको भन्दा व्यापार स्लो रहेको बताउनु भयो । उहाँले विगतमा १०० प्रतिशत हुने व्यापारमा अहिले २० प्रतिशत पनि व्यापार नभएको बताउनु भयो । उहाँले दशैँको माहोल लाग्ने तरखरमा बाढी पहिरोका कारण बाहिर जिल्लाका व्यवसायीहरु समेत आउन नसक्दा बजार सुनसान देखिएको बताउनु भयो । यता अर्का महाबौद्धका व्यापारी रमेशकुमार अधिकारीले पनि दशैँ नजिकिए पनि व्यापार शुन्य अवस्थामा रहेको बताउनु भयो । उहाँले नयाँ वर्ष लागेसँगै व्यापारमा आएको कमी दशैँसम्म आउँदा ७५ प्रतिशतले कमी आएको बताउनु भयो ।

दशैँमा व्यापार होला भनेर ऋण गरेर समान हालियो तर विगतको तुलनामा ८० प्रतिशत व्यापारमा कमी आएको व्यापारीहरुको गुनासो छ । बजारमा प्रशस्त सामान भएपनि पसलमा आउने ग्राहक नभएको उनीहरुको भनाई छ । व्यापार गरेर बैंकको ब्याज,राज्यलाई कर, काठा भाडा समेत तिर्न नसकिको बताए ।

अनिष मिजार/न्युज एजेन्सी नेपाल