२० मंसिर २०८२, शनिबार
,
Latest
इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह



अ+ अ-

काठमाडौँ : नेपाली काग्रेसको शुभेच्छुक संस्था समन्वय विभागले राष्ट्रिय विप्दको बेला राहत तथा उद्धार कार्यमा सक्रिय रहन शुभेच्छुक संस्थाका पदाधिकारी एवम् सदस्यलाई आग्रह गरेको छ ।

विभाग प्रमुख अब्दुल सत्तारले आज एक विज्ञप्ति जारी गरी असोज १० गतेदेखि तीनदिनसम्म देशभर परेको अविरल वर्षाको कारण ठूलो जनधनको क्षति भएको भन्दै यस घडीमा विभागमा आबद्ध सङ्घ, प्रदेश र स्थानीय तहमा क्रियाशील शुभेच्छुक संस्थाका प्रतिनिधिहरूलाई राहत तथा उद्धार कार्यमा सक्रिय रहन आग्रह गर्नु भएको हो ।

यसैगरी दुःखद घडीमा मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारलाई उचित राहतको व्यवस्था मिलाउन, बेपत्ता भएकाको चाँडो खोजी गर्न र घाइतेको यथाशीघ्र निःशुल्क उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ । विभागले यस विषम परिस्थितिमा सुरक्षा निकाय, सडक विभागको समन्वयमा अवरुद्ध राजमार्ग, सहायक मार्ग तथा पुलको चाँडो मर्मतसम्भार गरी यातायातका साधन सञ्चालन गर्न सरकारसँग माग गरेको छ ।

संयोजक सत्तारले नेपालीहरूको पर्व विजयादशमीको पूर्वसन्ध्यामा भएको यस अकल्पनीय घटनाले जनतामा त्रास उत्पन्न भएकाले जनतालाई सुरक्षित तवरले गन्तव्यस्थलसम्म जाने वातावरण निर्माणमा लाग्न सरकारलाई आग्रह गर्नुभयो ।