१९ मंसिर २०८२, शुक्रबार
,
Latest
सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचकमा एक सय १४ अङ्कको वृद्धि



अ+ अ-

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचकमा उच्च अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक ११४ दशमलव ७० अङ्कले बढेको हो । चार दशमलव ५७ प्रतिशतको वृद्धिपछि परिसूचक दुई हजार ६२३ दशमलव ५६ को अङ्कमा कायम भएको छ ।

आज तीन सय सात कम्पनीका एक करोड ७५ लाख सात हजार ५५५ कित्ता शेयर ९६ हजार ९०६ पटक खरिदबिक्री हुँदा रु सात अर्ब ६१ करोड ६५ लाख २२ हजार २५८ बराबरको कारोबार भएको छ । वित्त समूह आज सबैभन्दा धेरै नौ दशमलव ७४ प्रतिशतले बढेको छ ।

त्यस्तै, बैङ्किङ तीन दशमलव ८३, विकास बैङ्क पाँच दशमलव ४८, होटल तथा पर्यटन पाँच दशमलव ९७ र जलविद्युत् पाँच दशमलव ९८ प्रतिशतले बढेको छ । लगानी छ दशमलव १०, जीवन बीमा चार दशमलव १२, उत्पादन तथा प्रशोधन दुई दशमलव १९, लघुवित्त तीन दशमलव ९८, म्युचुअल फन्ड एक दशमलव ६६, निर्जीवन बीमा तीन दशमलव शून्य नौ, व्यापार तीन दशमलव ९९ र अन्य समूह चार दशमलव ६७ प्रतिशतले बढेको छ ।

आज १८ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने एनएमबी–५० म्युचुअल फन्डको शेयर मूल्य तीन दशमलव ८६ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनएलजी इन्सुरेन्स कम्पनी लिमिटेडको रु २८ करोड ८२ लाख ८३ हजार ९५६ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै अपी पावर कम्पनी लिमिटेडको छ लाख १२ हजार ४०१ कित्ता शेयर किनबेच भएको छ ।