१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

विपद् पीडितलाई एमाले सांसदहरुले आधा महिनाको पारिश्रमिक दिने

विपद् पीडितलाई एमाले सांसदहरुले आधा महिनाको पारिश्रमिक दिने
अ अ+ अ-

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेले प्राकृतिक विपत्तिमा परेका नागरिकहरुको उद्धार र राहत कार्यमा जुट्न पार्टीका नेता/कार्यकर्ताहरुलाई निर्देशन दिएको छ ।

मंगलवार बसेको संसदीय दलको बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी पीडितहरुको पुन:स्थापना, राहतको व्यवस्था गर्न र समस्या परेका स्थानमा समाधान गर्न सरकारी तवरबाट पहल र प्रयत्न गर्न निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै एमाले सचेतक सुनिता बरालले एमालेका जनप्रतिनिधिहरुले पनि आवश्यक सहयोगमा लाग्न निर्देशन दिएको बताउनु भयो । उहाँले आम नागरिकलाई साझा रुपमा संयुक्त आह्वान गरेर डटेर विपद् व्यवस्थापनमा जुट्न आग्रह गर्नुभएको बताउनु भयो । सरकारी, गैरसकारी संस्था, नागरिक समाजलाई पनि आवश्यक सहयोग गर्न आह्वान गरेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले भइरहेको प्राकृतिक विपत्ति जुन बाढी पहिरोका कारणले भएको क्षति छ यसकै सन्दर्भसँग जोडिएका बसेका थियौँ । सँगै सम्माननीय प्रधानमन्त्रीज्युको संयुक्त राष्ट्रसंघको भ्रमणका विषयमा पनि उहाँले जानकारी गराउनु भयो । भ्रमण जानुअघि सरकारले ल्याएको संकल्प कार्यक्रमहरु थिए, जुन साझा कार्यक्रमहरु त्यसमा पनि प्रतिवद्ध भएर अघि बढ्न भन्नुभएको छ ।’

‘बाढी पीडितहरुको सन्दर्भमा पुन:स्थापना गर्ने, उहाँहरुलाई राहतको व्यवस्था गर्ने, समस्या परेका स्थानमा समाधान गर्न सरकारी तवरबाट पहल र प्रयत्न गरी हामी जनप्रतिनिधिले कहाँ र कसरी सहयोग गर्न सकिन्छ भन्नेकुरामा साझा रुपमा संयुक्त आह्वान गर्दै डटेर अघि बढ्ने । यसमा नेकपा एमाले र एमाले दलका तर्फबाट सरकारी, गैरसकारी संस्था, नागरिक समाजलाई पनि अनुरोध गर्ने र सरकारी संयन्त्रहरुको अधिकतम उपयोग गर्नका लागि जनप्रतिनिधिहरु सचेततापूर्वक लाग्नेकुराको निर्देशन दिनुभएको छ । नेकपा एमाले दलमा आवद्ध हुनुभएका सांसदहरुको आधा महिनाको पारिश्रमीक राहत कोषमा जम्मा गर्न निर्देशन गरेका छौँ ।’

सचेतक बरालले एमाले सांसदहरुले आधा महिनाको पारिश्रमीक राहत कोषमा जम्मा गर्ने निर्णय बैठकले गरेको पनि बताउनु भयो ।