१५ आश्विन २०८१, मंगलवार
,
Latest
विपद्बाट प्रभावितलाई राहत वितरण सुरु भइसक्योः प्रधानमन्त्री खोज उद्धार र राहतसँगै अवरुद्ध सडकमार्ग तत्काल सुचारु गर्न काँग्रेसको माग राष्ट्रिय वाणिज्य बैँकद्वारा प्रधानमन्त्रीमार्फत कोषमा रु दुई करोड हस्तान्तरण नख्खुखोला बाढी पीडितको गुनासो: सरकार भएको आभाष नै भएन जनताले भोगिरहेको पीडालाई साझा राष्ट्रिय पीडा मानेर सहयोग गर्न प्रधानमन्त्रीको आह्वान दुर्गा प्रसाईंलाई एक लाख धरौटीमा छोड्न आदेश थाइल्याण्डमा स्कुल बसमा आगलागी, २५ जनाको मृत्यु भएको आशङ्का गोली लागेर गोविन्दा घाइते तटबन्धले जोगाएको नारायणी नदी किनारका बस्ती बाढी–पहिरो पीडितलाई राहत वितरण सुरु, दुई दिनभित्र खोज–उद्धारका काम सकिने प्रधानमन्त्रीबाट जानकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अलपत्र यात्रुहरुलाई तत्कालउद्धार गरी गन्तव्यमा पुर्‍याउन संसदीय समितिको निर्देशन



अ+ अ-

काठमाडौँ । संसदीय समितिले विभिन्न सडकमा अलपत्र परेका यात्रुहरुलाई तुरुन्तै उद्धार गरी गन्तव्यमा पुर्‍याउन सरकारलाई निर्देशन दिएको छ ।

प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले गत असोज ११ र १२ गतेको भारी वर्षापछि बाढी, पहिरो र डुबानका कारण विभिन्न राजमार्गहरुमा अलपत्र परेका यात्रुहरुलाई तुरुन्तै उद्धार गरी गन्तव्यमा पुर्‍याउन सरकारलाई निर्देशन दिएको हो ।

मङ्गलवार बसेको बैठकले थप जनधनको क्षति हुन नदिनका लागि आवश्यक सबै प्रकारका तयारी गर्न पनि सरकारलाई निर्देशन दिएको छ । समितिले राहत र पुन:स्थापनाका काम तदारुकताका साथ अगाडी बढाउन सरकारलाई निर्देशन दिएको छ । त्यसैगरी हवाई भाडा नबढाउन र सडक यातायात सुचारु गर्नका लागि क्षतिग्रस्त सडकहरुको मर्मत सम्भार गर्न पनि समितिले भनेको छ । त्यस्तै सडकको पहुँच नपुगेका जिल्लाहरुमा हवाइ यातायातको व्यवस्थापन गर्न तथा खाद्यान्न, तरकारी, फलफूल आदि सम्पूर्णको मूल्य बढ्न नदिन समितिको निर्देशन रहेको समिति सभापति रामहरी खतिवडाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – ‘यो बैठक नेपाल सरकारलाई सम्भव भएका सबै उपायहरु प्रयोग गरेर राहत र पुर्नस्थापनाका काम तदारुकताका साथ अगाडी बढाउन निर्देशन गर्दछ । हवाई भाडा नबढाउन, सडक यातायात सुचारु गर्नका लागि भएका बाटाहरु तत्काल यातायातका साधन चल्नेगरी मर्मत सम्भार गर्न, सडकको पहुँच नपुगेका जिल्लाहरुमा हवाई यातायातको व्यवस्थापन गर्न, खाद्यान्न, तरकारी, फलफूल आदि सम्पूर्णको मूल्य बढ्न नदिन र पीडितहरुलाई राहतको छिटोभन्दा छिटो व्यवस्था गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउँदछौँ र त्यो गर्न नेपाल सरकारलाई निर्देशन दिन्छौँ । विभिन्न बाटामा अलपत्र परेका यात्रुहरुलाई तुरुन्तै उद्धार गरी गन्तव्यमा पुर्‍याउन पहल गर्न र थप जनधनको क्षति हुन नदिनका लागि आवश्यक सबै तयारी गर्न नेपाल सरकारलाई निर्देशन दिने ।’

समितिले बजारमा तरकारी, खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तुहरुको मूल्यवृद्धि भइरहेको भन्दै बजार अनुगमन गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।