१५ आश्विन २०८१, मंगलवार
,
Latest
उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह पृतनापति समन्वयात्मक बैठक सम्पन्न वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ? सबै प्रदेशमा मुटु रोग उपचार सेवा विस्तार गर्ने गङ्गालाल हृदयरोग केन्द्रको निर्णय विपद्बाट प्रभावितलाई राहत वितरण सुरु भइसक्योः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक्शनै एक्शनले भरिएको ‘१२ गाउँ’को ट्रेलर सार्वजनिक (भिडियोसहित)



अ+ अ-

काठमाडौँ । अभिनेता विराज भट्ट निर्देशित फिल्म ‘१२ गाउँ’ को ट्रेलर सार्वजनिक भएको छ ।

मंगलबार युट्युबमा सार्वजनिक ट्रेलरमा विराज र उनका छोरा समीर भट्टको एक्सन दृश्यले सबैको ध्यान खिचेको छ ।

‘१२ गाउँ’ नामक एक प्राचीन गाउँको अत्याचारी शासकविरुद्धको लडाइँको कथा यसमा समेटिएको छ ।

सार्वजनिक ट्रेलरलाई सन्देश शाहले तयार पारेका हुन् ।

यो फिल्म विराजका छोरा समीरको पहिलो फिल्म हो । मोडल सनिशा भट्टराई र पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्काले पनि यही फिल्मबाट डेब्यु गर्दै छन् ।

विराज, समीर, सनिशा र न्यान्सीसहित सोनु चन्द्रपाल, दीया मास्के, मुरलीधर, नरेन खड्का, स्टन्ट सिल्भा लगायत थुप्रै कलाकारहरूले फिल्ममा अभिनय गरेका छन् ।

साउथका एक्सन कोरियोग्राफर स्टन्ट सिल्भा र नेपाली कोरियोग्राफर शंकर महर्जनले फिल्ममा एक्सन कोरियोग्राफी गरेका छन् ।

विराज भट्ट फिल्म प्रोडक्सनको फिल्मको लेखक सन्तोष सरकार हुन् भने निर्मातामा सरस्वती भट्ट रहेकी छन् ।

फिल्म दसैंको फूलपाती अर्थात असोज २४ गते रिलिज हुँदैछ ।