२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बर्दघाट–दाउन्ने सडक आज रातभर बन्द रहने



अ+ अ-

काठमाडौँ । एकतर्फी सञ्चालनमा आएको महेन्द्र राजमार्गअन्तर्गत बर्दघाट–दाउन्ने सडकखण्ड मंगलबार रातभर पूर्ण रूपमा बन्द हुने भएको छ ।

१५ असोज राति १० बजेदेखि १६ असोज बिहान ५ बजेसम्म यो खण्ड पूर्ण रूपमा बन्द हुने जिल्ला प्रशासन कार्यालय नवलपरासीले जनाएको छ ।

बर्दघाट नगरपालिका–४ दाउन्ने जंगलको खुर्साने खोलास्थित राजमार्गमा रिटेनिङ वाल भत्किएको छ ।

साथै करिब ४ सय मिटर सडक भास्सिएको छ । सडक भास्सिँदा विद्युत् प्रसारणको हाइटेन्सन टावर समेत ढलेको छ ।

सोमबार साँझबाट अवरुद्ध बाटो रातभर काम गरी मंगलबार बिहान पौने ९ बजे एकतर्फी खुला गरिएको थियो ।

सडक मर्मत गरी सहज यातायात खुलाउने प्रयोजनका लागि मंगलबार रातभरि बन्द गरिने प्रशासनले जनाएको छ ।

बर्दघाट बजारबाट दाउन्ने बजारसम्म अत्यावश्यकबाहेकका सबै सवारी साधन चल्न पाउने छैनन् ।