३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

होटल एभरेस्ट र बसेरालाई तीन-तीन लाख जरिवाना



अ+ अ-

काठमाडौं । सरकारले दी एभरेस्ट होटल र बुटिक होटल बसेरालाई तीन-तीन लाख रुपैयाँ जरिवाना तिराएको छ ।

अनुगमनका क्रममा किचनमा म्याद गुज्रेका सामान फेला परेपछि बानेश्वरस्थित एभरेस्ट होटललाई जरिवाना तिराएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलले जानकारी दिए ।

यस्तै, बबरमहलस्थित बसेराले पनि अधिकतम् खुद्रामूल्य भन्दा बढी मूल्यमा पानी बिक्री गरिरहेको फेला परेको उनले बताए । दुवै होटलले उपभोक्ता हित विपरीत व्यवसाय गरेको पाईएपछि जरिबाना तिराइएको विभागको भनाइ छ ।

विभागले चाडबाड नजिकिएसँगै अनुगमन बढाएको छ । सोमबार मात्र कुल ३९ फर्ममा अनुगमन भएको विभागले जनाएको छ ।