१५ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

होटल एभरेस्ट र बसेरालाई तीन-तीन लाख जरिवाना



अ+ अ-

काठमाडौं । सरकारले दी एभरेस्ट होटल र बुटिक होटल बसेरालाई तीन-तीन लाख रुपैयाँ जरिवाना तिराएको छ ।

अनुगमनका क्रममा किचनमा म्याद गुज्रेका सामान फेला परेपछि बानेश्वरस्थित एभरेस्ट होटललाई जरिवाना तिराएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलले जानकारी दिए ।

यस्तै, बबरमहलस्थित बसेराले पनि अधिकतम् खुद्रामूल्य भन्दा बढी मूल्यमा पानी बिक्री गरिरहेको फेला परेको उनले बताए । दुवै होटलले उपभोक्ता हित विपरीत व्यवसाय गरेको पाईएपछि जरिबाना तिराइएको विभागको भनाइ छ ।

विभागले चाडबाड नजिकिएसँगै अनुगमन बढाएको छ । सोमबार मात्र कुल ३९ फर्ममा अनुगमन भएको विभागले जनाएको छ ।