२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दशैँको लागि अग्रिम टिकट बुकिङ बन्द गर्ने यातायात व्यवसायीको तयारी



अ+ अ-

काठमाडौं । यातायात व्यवसायीले दशैँलाई लक्षित गर्दै खुलाइएको अग्रिम टिकट बुकि बन्द गर्ने तयारी गरेका छन् ।

असोज ११ र १२ गतेको भारी बर्षासँगै आएको बाढीपहिरोपछि राजमार्गमा भएको क्षतिका कारण सवारी आवागमनको समय तालिका बदलिएकोले अग्रिम बुकिङ बन्द गर्ने तयारी गरिएको नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए ।

यातायात व्यवस्था विभागको आज दिउँसो बस्ने बैठकले उक्त कुराको निर्णय लिनसक्ने उनले बताए । ‘अहिले तीन बजे विभागसँग बैठक बस्दैछौं । अहिलेको अवस्थाले अब गाडी आउन सक्ने अवस्था छैन। बैठकपछि थप निष्कर्षमा पुगिएला । त्यसपछि साँझ विज्ञप्तिमार्फत जानकारी गराउँछौं’’, उनले भने ।

चाडबाडमा घर फर्किनेहरूका लागि व्यवसायीले यही असोज १२ गतेबाट अग्रिम टिकट खुल्ला गरिएको थियो । सोमबारदेखि काठमाडौं बसपार्कदेखि सवारीसाधन सञ्चलान गरिए पनि गन्तव्यमा पुग्न सकेका छैनन् ।