३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

दशैँको लागि अग्रिम टिकट बुकिङ बन्द गर्ने यातायात व्यवसायीको तयारी



अ+ अ-

काठमाडौं । यातायात व्यवसायीले दशैँलाई लक्षित गर्दै खुलाइएको अग्रिम टिकट बुकि बन्द गर्ने तयारी गरेका छन् ।

असोज ११ र १२ गतेको भारी बर्षासँगै आएको बाढीपहिरोपछि राजमार्गमा भएको क्षतिका कारण सवारी आवागमनको समय तालिका बदलिएकोले अग्रिम बुकिङ बन्द गर्ने तयारी गरिएको नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए ।

यातायात व्यवस्था विभागको आज दिउँसो बस्ने बैठकले उक्त कुराको निर्णय लिनसक्ने उनले बताए । ‘अहिले तीन बजे विभागसँग बैठक बस्दैछौं । अहिलेको अवस्थाले अब गाडी आउन सक्ने अवस्था छैन। बैठकपछि थप निष्कर्षमा पुगिएला । त्यसपछि साँझ विज्ञप्तिमार्फत जानकारी गराउँछौं’’, उनले भने ।

चाडबाडमा घर फर्किनेहरूका लागि व्यवसायीले यही असोज १२ गतेबाट अग्रिम टिकट खुल्ला गरिएको थियो । सोमबारदेखि काठमाडौं बसपार्कदेखि सवारीसाधन सञ्चलान गरिए पनि गन्तव्यमा पुग्न सकेका छैनन् ।