१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

सुकुम्वासी बस्तीका बाढी पीडितको गुनासो: मेयर बालेनले वास्तै गरेनन्

सुकुम्वासी बस्तीका बाढी पीडितको गुनासो: मेयर बालेनले वास्तै गरेनन्
अ अ+ अ-

काठमाडौँ । काठमाडौंका सुकुम्वासी बस्तीका बाढी पीडितहरुले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहको आलोचना गरेका छन् ।

सोमवार बिहान काठमाडौंका थापाथलीस्थित सुकुम्वासी बस्तीमा बाढीको पीडाले टोलाइरहेका नागरिकहरुले आफूहरुलाई पीडा पर्दा पनि काठमाडौं महानगरपालिकाका वास्ता नगरेको भन्दै पीडा पोखेका हुन् । उनीहरुले हालसम्म स्थानीय वडाले खानाको व्यवस्था गरे पनि अरु केही पनि सहयोग कसैबाट नभएको गुनासो गरे । काठमाडौं महानगरपालिकाले गरिवलाई उठिवास लगाउने काम मात्रै गरिरहेको उल्लेख गर्दै स्थानीय दलमर्दन कामीले सरकारले आफूहरुको पीडालाई तत्काल सम्बोधन गर्नुपर्ने बताउनु भयो । कतैबाट पनि केही सहयोग नआएको अवस्थामा आफूहरुको खाने, बस्ने लगायतका व्यवस्था सरकारले गर्नुपर्ने उहाँको भनाई थियो ।

कामीले भन्नुभयो, ‘अहिले त्यस्तो कसैले सहयोग गरेको अवस्थजा छैन । काठमाडौं महानगरपालिकालाई हामीले देख्न पाएका छैनौं । अर्को कुरा यहाँका वडा समितिले खाना भने खुवाई राखेको अवस्था छ । अरु खासै अहिलेसम्म कुनै संघ, संस्थाहरु, व्यक्तिहरु हामीसँग आधिकारिक रुपमा आएर यसो गरौं भन्नुभएको छैन । वडा नम्बर ११ ले हाम्रा दाजुभाई दिदीबहिनीहरुलाई खाना खुवाउने काम गरेको छ । त्यस बाहेक अरु केही पनि सहयोग आएको अवस्था छैन । यही माथि पुलमा आएर बालेन साहले हे प्रभु यो बस्ती सबै भत्काईदिओस् भनेर कामना गर्नुभयो रे भन्ने पनि सुनियो । यो खालको चरित्र पनि छ । यहाँ सामन्तीहरुलाई कसरी गरिवहरुलाई उठाउ भन्ने भईनै राखेको र त्यसमा पनि फेरी यो बाढी आयो । यस पनि दुख त दियो गरिवहरुलाई । जनताको प्रतिनिधि भनेको सरकार हो । सरकार हाम्रो अभिभावक हो । जनताको अभिभावक हो । सरकार नै यसको प्रमुख भएको हुनाले सरकारले नै यसको व्यवस्थापन गर्नुपर्छ । जहाँसम्म यो सुकुम्वासी बस्तीको व्यवस्थापन कसरी गर्ने भन्ने विषय यो सरकारको हातको कुरा हो । सरकार नै जिम्मेवार हुनुपर्छ भन्नेकुरा हो । ’

पीडितहरुले सरकारले सेवा सुविधा दिने कुरा सुनिएपनि हालसम्म नपाएको पनि बताएका छन् । वडाले खाना खुवाउने काम गरेको भएपनि अन्य सुविधा केही पनि नपाउँदा समस्या भएको उनीहरुको भनाई थियो । सरकारले आफूहरुको खाने, बस्ने, शिक्षा र स्वास्थ्य उपचारको व्यवस्था मिलाए सो सुकुम्वासी बस्ती छोड्न आफूहरु तयार रहेको स्थानीय हरिमाया जिम्बाले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यहाँ बसेको झण्डै २० वर्ष भयो । यस पटकको बाढीले झण्डै बगाईदियो । यो वडाले माथि गुजेश्वरी स्कुल ठूलो छ । सबै जनालाई त्यहाँ लगेर खानाको व्यवस्था छ । अव आर्मी, सशस्त्र प्रहरीहरुले धेरै साथ दिएका छन । नत्र भने हामी कतिको ज्यान जान्थ्यो होला । यस्तो अवस्थामा सरकार आउनुपर्ने हो । हरेक पत्रपत्रिका मिडियाहरुमा यो वा त्यो भनेको छ । तर सरकारी निकायबाट हामीलाई केही सूचना आएको छैन । बालेन समेत यहाँ आएर के छ त सेवा सुविधा भन्ने बारेमा कुरा गरेको छैन । सरकारी टोली आए हामी पनि सधैं खोलाको किनारामा बस्ने भन्ने होइन । यस्तो अवस्था वस्तु भनेको हाम्रो बाध्यता हो । हिउँदमा खोलाको गन्ध आउँछ, वर्षाभरी खोलाको डर हुन्छ । हामी बाध्यतावस बसेका हौ । सरकारले गाँस, बास, शिक्षा र स्वास्थ्यको व्यवस्था गर्नुपर्छ ।’

अविरल वर्षासँगै काठमाडौं उपत्यकाका खोला किनाराका बस्तीहरुमा पनि ठूलो जनधनको क्षति भएको छ । तर पीडितलाई राहत दिने काममा भने सरकारले कुनै चासो नदिएको पीडितहरुको गुनासो छ । उनीहरुले तत्काल राहतका लागि आवश्यक व्यवस्था मिलाउन पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।