२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

खोलाले बगाएका चौधरीको शव भेटियो



अ+ अ-

दमक । किस्ने खोलाले बगाएर बेपत्ता हुनुभएका झापा कमल गाउँपालिका-१ बस्ने ३५ वर्षीय टीकाराम चौधरी तीन दिनपछि मृत अस्थामा भेटिएका छन् ।

प्रहरी टोली र स्थानीयवासीले खोजतलास गर्ने क्रममा आज बिहान ८:३० बजे आसपास चौधरीलाई मृत फेला पारिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार घटनास्थलदेखि करिब तीन किलोमिटर दक्षिण सोही खोलाको बगरमा बालुवाले पुरिएको अवस्थामा चौधरीको शव फेला परेको हो ।

अविरल वर्षापछि आएको बाढीले शुक्रबार चौधरी बेपत्ता हुनुभएको थियो । बाढीले जिल्लामा चौधरीसहित तीन जना बेपत्ता भएका थिए । यसमध्ये कचनकवलकी १५ वर्षीया बालिका नेहारिका राजवंशीको आइतबार र गौरीगञ्जका केमालाल ताजुरियाको शनिबार शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णबहादुर चन्दले बताउनुभयो ।रासस