१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

पठन संस्कृति विकासका लागि साझाको पुस्तक प्रदर्शनी जारी

पठन संस्कृति विकासका लागि साझाको पुस्तक प्रदर्शनी जारी
अ अ+ अ-

काठमाडौँ । पठन संस्कृति विकासका लागि साझा प्रकाशनको पुस्तक प्रदर्शनी प्रकाशनको परिसरमा जारी छ ।

पुस्तक प्रदर्शनीमा पाठक वर्गले उल्लेख्य उपस्थिति जनाएका छन् । साझा प्रकाशनले पाठकका लागि प्रदर्शनीमा छुट दिएर पुस्तक प्रदर्शनीमा राखेको हो ।

साहित्यकारहरुका पुराना पुस्तकहरुलाई पुन: मुद्रण गरेर प्रदर्शनीमा राखिएको छ । जुन पुस्तकहरु बाहिर पाउन मुस्किलप्राय: रहेको साझा प्रकाशनका अध्यक्ष डा।विजय सुब्बाले बताउनु भयो । प्रदर्शनीमा वैरागी काईंला लगायतका वरिष्ठ साहित्यकारहरु पुग्नुभएको बताउनु भयो । साझा प्रकाशन समस्यामा भएको संस्था भएकाले सबैले साझा प्रकाशन बचाउन लाग्नुपर्ने बताउनु भयो । साझा बचाउन र साझालाई गति दिन पुस्तक प्रदर्शनी लगायतका गतिविधि गरिरहेको उल्लेख गर्नुभयो । उहाँले पहिला आख्यानहरु धेरै बिक्री हुने गरेपनि अहिले पुराना र इतिहासको पुस्तकप्रति पाठकको रुची बढ्दै गएको बताउनु भयो । साहित्य र इतिहासलाई पाठ्यपुस्तकमा राखेर नपढाएका कारण विद्यार्थीमा साहित्यप्रतिको चाहना घट्दै गएका छन् ।

उहाँले भन्नुभयो, ‘प्रकाशनले असोज १ गतेदेखि १५ गतेसम्म प्रदर्शनी राखेको हो । हामीले सालकोदुई पटक राख्ने गरेका छौँ । साझा प्रकाशनमा अमूल्य पुस्तकहरु छन् । सबै पाठकहरुको नजरमा परिरहेको हुँदैन । त्यसैले हामीले पुराना र महत्वपूर्ण पुस्तकलाई प्रदर्शनीमा राखेर पाठकहरुलाई आकर्षित गर्न सकिन्छ भनेर राखेका हौँ । अहिलेसम्म आइपुग्दा वैरागी काईंला जस्ता व्यक्तित्व पनि आउनुभयो । अरु धेरै व्यक्तित्व र सर्जकहरु आउनुभएको छ । हामीसँग पुराना प्रकाशित पुस्तकहरु बाहिर भेटिँदैनन् । ति पुस्तकहरु खरिद गर्नका लागि आउनुहुन्छ । साझा पुस्कतबाहेक व्यक्तिगत हिसावले प्रकाशित पुस्तकहरु पनि छन् । तिनीहरुलाई हाामीले अन्य शिर्षकका पुस्तकहरु भन्छौँ । साझा प्रकाशन समस्यामा भएको संस्था हो । अगाडिका सञ्चालक र व्यवस्थापकहरुले यसलाई चुर्लुम्मै डुबाइदिए । त्यसैले यो संकटमा छ । साझा बचाउन र गति दिन यस्तै कार्यक्रम गरेर केही दिन सकिन्छ की भनेर हो । साझा प्रकाशन बचाउन हामीले सबैको सहयोग खोजिरहेका छौँ ।’

पुस्तकहरु जोगाएर राख्न सक्नुपर्ने बताएको छ । पुराना पुस्तकहरुमा पाठकको चाहना बढेकाले पुराना पुस्तकहरु बचाएर राख्नुपर्ने कर्तव्य र जिम्मेवारी आफूहरुको भएको बताउनु भयो । पुस्तक प्रदर्शनी असोज १५ गतेसम्म सञ्चालन हुने बताउनु भयो ।