१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पठन संस्कृति विकासका लागि साझाको पुस्तक प्रदर्शनी जारी



अ+ अ-

काठमाडौँ । पठन संस्कृति विकासका लागि साझा प्रकाशनको पुस्तक प्रदर्शनी प्रकाशनको परिसरमा जारी छ ।

पुस्तक प्रदर्शनीमा पाठक वर्गले उल्लेख्य उपस्थिति जनाएका छन् । साझा प्रकाशनले पाठकका लागि प्रदर्शनीमा छुट दिएर पुस्तक प्रदर्शनीमा राखेको हो ।

साहित्यकारहरुका पुराना पुस्तकहरुलाई पुन: मुद्रण गरेर प्रदर्शनीमा राखिएको छ । जुन पुस्तकहरु बाहिर पाउन मुस्किलप्राय: रहेको साझा प्रकाशनका अध्यक्ष डा।विजय सुब्बाले बताउनु भयो । प्रदर्शनीमा वैरागी काईंला लगायतका वरिष्ठ साहित्यकारहरु पुग्नुभएको बताउनु भयो । साझा प्रकाशन समस्यामा भएको संस्था भएकाले सबैले साझा प्रकाशन बचाउन लाग्नुपर्ने बताउनु भयो । साझा बचाउन र साझालाई गति दिन पुस्तक प्रदर्शनी लगायतका गतिविधि गरिरहेको उल्लेख गर्नुभयो । उहाँले पहिला आख्यानहरु धेरै बिक्री हुने गरेपनि अहिले पुराना र इतिहासको पुस्तकप्रति पाठकको रुची बढ्दै गएको बताउनु भयो । साहित्य र इतिहासलाई पाठ्यपुस्तकमा राखेर नपढाएका कारण विद्यार्थीमा साहित्यप्रतिको चाहना घट्दै गएका छन् ।

उहाँले भन्नुभयो, ‘प्रकाशनले असोज १ गतेदेखि १५ गतेसम्म प्रदर्शनी राखेको हो । हामीले सालकोदुई पटक राख्ने गरेका छौँ । साझा प्रकाशनमा अमूल्य पुस्तकहरु छन् । सबै पाठकहरुको नजरमा परिरहेको हुँदैन । त्यसैले हामीले पुराना र महत्वपूर्ण पुस्तकलाई प्रदर्शनीमा राखेर पाठकहरुलाई आकर्षित गर्न सकिन्छ भनेर राखेका हौँ । अहिलेसम्म आइपुग्दा वैरागी काईंला जस्ता व्यक्तित्व पनि आउनुभयो । अरु धेरै व्यक्तित्व र सर्जकहरु आउनुभएको छ । हामीसँग पुराना प्रकाशित पुस्तकहरु बाहिर भेटिँदैनन् । ति पुस्तकहरु खरिद गर्नका लागि आउनुहुन्छ । साझा पुस्कतबाहेक व्यक्तिगत हिसावले प्रकाशित पुस्तकहरु पनि छन् । तिनीहरुलाई हाामीले अन्य शिर्षकका पुस्तकहरु भन्छौँ । साझा प्रकाशन समस्यामा भएको संस्था हो । अगाडिका सञ्चालक र व्यवस्थापकहरुले यसलाई चुर्लुम्मै डुबाइदिए । त्यसैले यो संकटमा छ । साझा बचाउन र गति दिन यस्तै कार्यक्रम गरेर केही दिन सकिन्छ की भनेर हो । साझा प्रकाशन बचाउन हामीले सबैको सहयोग खोजिरहेका छौँ ।’

पुस्तकहरु जोगाएर राख्न सक्नुपर्ने बताएको छ । पुराना पुस्तकहरुमा पाठकको चाहना बढेकाले पुराना पुस्तकहरु बचाएर राख्नुपर्ने कर्तव्य र जिम्मेवारी आफूहरुको भएको बताउनु भयो । पुस्तक प्रदर्शनी असोज १५ गतेसम्म सञ्चालन हुने बताउनु भयो ।