१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

धादिङका प्रहरी प्रमुख पनि प्रधान कार्यालय तानिए



अ+ अ-

काठमाडौं । बाढी पहिरोको विपत्तिको जोखिमको बेला सन्तोजनक काम नभएको भन्दै प्रहरी प्रधान कार्यालयले धादिङका प्रहरी प्रमुख हेरफेर गरेको छ ।

प्रधान कार्यालयले धादिङका एसपी गौतम केसीलाई फिर्ता बोलाएको छ भने दीपेन्द्र शाहीलाई धादिङ प्रहरी प्रमुखमा पठाएको छ ।

यसअघि गृह मन्त्रालयले धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलाई पनि मन्त्रालयमा तानेको थियो । धादिङको प्रमुख जिल्ला अधिकारीमा मन्त्रालयका सहसचिव सुमन घिमिरेलाई पठाइएको छ ।

काभ्रेका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद पाण्डेको ठाउँमा उमेश ढकाललाई पठाइएको छ ।