१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पञ्चेबाजा र झाँकीसहित कांग्रेस महाधिवेशनमा सहभागी हुन प्रतिनिधिको र्‍याली खुलामञ्च प्रवेश गर्दै News Polar कांग्रेस महाधिवेशन : अतिथिको स्वागतका लागि तयार पारिएको यस्तो छ खादा News Polar अर्थमन्त्री वाग्ले अमेरिका पुगे, सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंक अध्यक्षसँग भेटवार्ता हुने News Polar विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यक छः ऊर्जामन्त्री श्रेष्ठ News Polar सहमहामन्त्रीको उम्मेद्वारी घोषणा गर्दै प्रकाश रसाईलीले भने–‘गगन थापाको नेतृत्वमा काँग्रेस र देशलाई बलियो बनाउन लाग्नेछौँ’ News Polar यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन News Polar कांग्रेस महाधिवेशन : उद्घाटनअघि खुलामञ्चतर्फ बढ्दै प्रतिनिधि र समर्थक News Polar सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद News Polar १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यका लागि खगेन्द्र आचार्यको उम्मेदवारी News Polar सुनचाँदीको मूल्य घट्यो News Polar निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै कांग्रेस, लगानी सुरक्षा र कर स्थायित्वमा जोड News Polar कोरलानाका हुँदै चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली लोमान्थाङमा News Polar तीन उपसभापति बनाउने तयारी भए आङ्देम्बे उपसभापतिमा उठ्ने News Polar बेकरी व्यवसायका २०७ जना व्यवसायीलाई खाद्य स्वच्छता तालिम News Polar स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध News Polar अब्दुल सत्तारले गरे सहमहामन्त्रीमा उम्मेदवारी घोषणा News Polar बागमतीमा ‘शिव सर्किट’ : शिवालय र शैव धार्मिकस्थललाई एउटै पर्यटन मार्गमा जोडिँदै News Polar कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म News Polar मकवानपुरका विद्यार्थीको दैनिक सङ्घर्षः भत्किएको पुल तर्दा वर्षेनी मृत्युसँग पौँठेजोरी News Polar दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त

होटल, रेष्टुरेन्ट तथा सपिङ मलमा जिल्ला प्रशासन कार्यालय काठमाडौंको अनुगमन (भिडियो सहित)

होटल, रेष्टुरेन्ट तथा सपिङ मलमा जिल्ला प्रशासन कार्यालय काठमाडौंको अनुगमन (भिडियो सहित)
अ अ+ अ-

काठमाडौं । सर्वसाधारणले जनस्वास्थ्यको मापदण्ड पालना गरे, नगरेको सम्बन्धमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुगमन गरेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलको नेतृत्वमा बिहीवार काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा अनुगमन गरिएको हो । अनुगमन टोलीले बानेश्वर क्षेत्रमा सञ्चालित विभिन्न प्रकारका पसलहरु, होटल, रेष्टुरेन्ट, सपिङ मल लगायत सार्वजनिक सवारी साधनमा समेत अनुगमन गरेको छ । अनुगमनका क्रममा सार्वजनिक यातायातका साधनमा सिट क्षमताभन्दा बढी यात्रु राखेको, मास्क सेनिटाइजर नराखिएको पाइएकाले बढी यात्रु नराख्न, मास्क, सेनिटाइजरको अनिवार्य प्रयोग गर्न र सवारी साधनलाई निसंक्रमित पार्नका लागि निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले बताउनुभयो । सडकमा मास्क नलगाइ हिडिरहेका र मास्क नलगाई पसलमा बसिरहेका ८ जनालाई प्रतिव्यक्ति एक सय रुपैँया जरिवाना गरिएको पनि उहाँले जानकारी दिनुभयो । अनुगमनका क्रममा मानिसहरु पहिलेको तुलनामा कमै मात्र बाहिर निस्किएको पाइएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘नियमित रुपमा बजार अनुगमन गर्ने, यातायातका साधनहरु अनुगमन गर्ने, सपिङ मलहरु, होटलहरु, रेष्टुरेन्टहरु आदिको अनुगमन गर्दै जाने र सचेतना फैलाउने क्रममा आज यो बानेश्वर एरियामा आइपुगेका छौँ । सरसर्ति हेर्दा के देखियो भने बानेश्वर चोकमा केही बसहरुमा अनुगमन गर्दाखेरी सिट क्षमताभन्दा बढी व्यक्तिहरु राखेर हिडाएको पाइयो । सेनिटाइजर राखिएको देखिएन । मास्क पनि राखेको देखिएन । हामीले चालक र सहचालकहरुलाई आफ्नो प्यासेन्जरहरुलाई सिटभन्दा बढी प्यासेन्जर नराख्ने, मास्क अनिवार्य प्रयोग गर्न लगाउने, सेनिटाइजर राखेर गाडीलाई निसंक्रमित गर्ने भन्ने एउटा निर्देशन पनि दियौँ । त्यसैगरी सडकमा हिडिरहेका व्यक्ति र पसलमा बसिरहेका व्यक्ति ८ जनालाई हामीले एउटा सांकेतिक रुपमा मास्क नलगाएकाहरुलाई प्रतिव्यक्ति एक सय रुपैयाँका दरले जरिवाना पनि ग¥यौँ । बानेश्वर एरियामा सरसर्ति हेर्दाखेरी त्यतिसाह्रै मान्छेहरु निस्किएको देखिएन । पहिलेको तुलनामा कम मात्रामा निस्किएको देखियो । अनुगमनलाई हामीले हिजोबाट सुरु गरेका छौँ ।’

जिल्ला प्रशासन कार्यालयले अनुगमनलाई निरन्तरता दिने जनाएको छ । कोभिड – १९ को तेस्रो लहरलाई कम गराउन र जनस्वास्थ्यको मापदण्ड पालना गराउन प्रशासन लागि परेको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।