१३ आश्विन २०८१, आईतवार
,
Latest
सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय



अ+ अ-

काठमाडौं । आन्तरिक उडानमा रहेका एयरलाइन्सहरुले ३ दिन भाडा नबढाउने सहमति गरेका छन् ।

अघिपछि जस्तै नियमित भाडामै उडान गर्ने गरी सहमति भएको हो ।

अब सोमबार, मंगलबार र बुधबार सबै एयरलाइन्सहरुले नागरिक उड्डयन प्राधिकरणले तोकेको भाडाको तल्लो विन्दुमै रहेर टिकट बेच्नेछन् ।

दशैं नजिकिएसँगै हवाईसेवा कम्पनीहरुले क्यानले तोकेको माथिल्लो विन्दुको भाडा लिएर टिकट बिक्री गरेका थिए ।

दशैंको मुखमै भाडा बढाएको भन्दै चौतर्फी विरोध भएपछि नियामक क्यानले छलफलमा बोलाएको थियो ।

बाढीपहिरोको कारण सडक यातायात पूर्ण रुपमा अवरुद्ध भइरहेको बेला एयरलाइन्सले महँगो शुल्क लिन नहुने भन्दै आलोचना भएको थियो ।