१३ आश्विन २०८१, आईतवार
,
Latest
बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि र सहकारीमा अड्किएको सरकार विपद् व्यवस्थापनमा चुक्यो– रास्वपा



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकार रवि लामिछाने‚ रास्वपा पार्टी र सहकारी प्रकरणमा अड्किँदा विपद् व्यवस्थापनमा चुकेको निष्कर्ष निकालेको छ ।

आईतबार पार्टी केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले सो कुरा बताएका हुन् ।

उनले भने, ‘अहिलेको राजनीति रवि‚ रास्वपा र सहकारीमा अड्केको थियो । त्यसैले कोही तयार थिएन र विपदमा आवश्यक परेको बेला सरकार चुकेको देखियो । सत्तारूढ दल नेपाली कांग्रेसको बैठकले सरकार चुकेको निर्णय निकालिसक्यो भने हामीले सरकारले कसरी काम गरेको भन्न सक्छौँ र।’

यसअघि गृहमन्त्री छँदा नै रवि लामिछानेले असोज १७ सम्म बाढी-पहिरोको जोखिम छ भनेर तयारीका लागि एउटा निर्णय गरेको भएपनि अहिले नयाँ गठबन्धन बनेर बनेको सरकारले विपद् व्यवस्थापनमा अर्कमण्डयता देखाएको उनले बताए ।

‘गठबन्धनले संवेदनशीलता देखाएन । हामीले यो सरकारको असक्षमता र अकर्मण्यता देख्यौं । मोबाइलको रिङ टोन बजाउँदैमा राज्यसंयन्त्रको जिम्मेवारी पूरा हुँदैन । जोखिम हुनेछ भन्ने आँकलन पहिल्यै थियो । तर, राजनीतिक टिप्पणी गर्नुपर्दा दुई दिनको पानीले दुईतिहाइ सरकारको औकात देखायो।’, उनले भने