३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुरुङ मार्गबाट २२ सय यात्रु काठमाडौं भित्रिए



फाईल फोटो
अ+ अ-

चितवन । धादिङको धुनिबेंसी नगरपालिका–९ झ्याप्लेखोलामा आएको पहिरोका कारण काठमाडौं भित्रिने सडक अवरुद्ध भएपछि बिच बाटोमै रोकिएका यात्रुलाई सुरुङ मार्गबाट काठमाडौं पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङले काठमाडौँ प्रहरीसँग समन्वय गरेर अलपत्र यात्रुहरुलाई शनिबार र आज आईतबार सुरुङ मार्गको प्रयोग गरी काठमाडौं पठाएको धादिङका निमित्त सूचना अधिकारी इन्स्पेक्टर प्रल्हाद सिलवालले जानकारी दिए ।

बाटोमा अलपत्र परेका २२ सय यात्रुलाई हिजो दिनभरमा सुरुङमार्ग प्रयोग गरी काठमाडौं पठाइएको उनले बताए । यस्तै, अत्यावश्यक ढुवानीका सवारीसाधनलाई पनि सुरुङमार्ग हुँदै काठमाडौँ प्रवेश गराइएको उनले बताए ।

धादिङ र काठमाडौँको सिमानामा पर्ने धादिङको धुनिबेंसी नगरपालिका–९ झ्याप्लेखोलामा ठूलो पहिरो गएको छ । पहिरोमा पुरिएका तीनओटा बसमा ३५ जनाको शव फेला परेको छ । पहिरो हटाउने तथा उद्धार कार्य भईरहेको छ ।