१३ आश्विन २०८१, आईतवार
,
Latest
प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर पूर्वमुख्यमन्त्री राईद्वारा ‘हेर्ने कथा’का पात्र प्रकाशलाई जग्गा प्रदान अवरुद्ध सडक खुलाउने काम तीव्र रुपमा भइरहेको छ: मन्त्रालय बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १४८ जना पुग्यो, ५५ जना बेपत्ता माओवादी केन्द्रको एसिया संगठन समितिद्धारा बाढीपीडितलाई पाँच लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुरुङ मार्गबाट २२ सय यात्रु काठमाडौं भित्रिए



फाईल फोटो
अ+ अ-

चितवन । धादिङको धुनिबेंसी नगरपालिका–९ झ्याप्लेखोलामा आएको पहिरोका कारण काठमाडौं भित्रिने सडक अवरुद्ध भएपछि बिच बाटोमै रोकिएका यात्रुलाई सुरुङ मार्गबाट काठमाडौं पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङले काठमाडौँ प्रहरीसँग समन्वय गरेर अलपत्र यात्रुहरुलाई शनिबार र आज आईतबार सुरुङ मार्गको प्रयोग गरी काठमाडौं पठाएको धादिङका निमित्त सूचना अधिकारी इन्स्पेक्टर प्रल्हाद सिलवालले जानकारी दिए ।

बाटोमा अलपत्र परेका २२ सय यात्रुलाई हिजो दिनभरमा सुरुङमार्ग प्रयोग गरी काठमाडौं पठाइएको उनले बताए । यस्तै, अत्यावश्यक ढुवानीका सवारीसाधनलाई पनि सुरुङमार्ग हुँदै काठमाडौँ प्रवेश गराइएको उनले बताए ।

धादिङ र काठमाडौँको सिमानामा पर्ने धादिङको धुनिबेंसी नगरपालिका–९ झ्याप्लेखोलामा ठूलो पहिरो गएको छ । पहिरोमा पुरिएका तीनओटा बसमा ३५ जनाको शव फेला परेको छ । पहिरो हटाउने तथा उद्धार कार्य भईरहेको छ ।