१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढी पहिरोमा परी एक सय २९ जनाको मृत्यु, ६२ बेपत्ता



अ+ अ-

काठमाडौँ । बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय २९ जनाको मृत्यु भएको छ ।

आज दिउँसो १ बजेसम्म विपद्मा परी एक सय २९ जनाले ज्यान गुमाउदा ६२ जना बेपत्ता भएका नेपाल प्रहरीले जनाएको छ ।  बाढीपहिरोमा परी ८६ जना घाइते भएका छन् ।

बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि नौ हजार नौ सय ८३ सुरक्षाकर्मी परिचालन गरिएका तथा हालसम्म तीन हजार दुई सय ६६ जनाको उद्धार गरिएको छ ।