१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डले बोलाए सर्वदलीय बैठक



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहालले आज सर्वदलीय बैठक आह्वान गर्नुभएको छ ।

अविरल बर्षा, बाढी, पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न दाहालले सर्वदलीय बैठकको आव्हान गर्नुभएको हो । विहान १० बजे नेकपा माओवादी केन्द्र संसदीय दलको कार्यालय, सिंहदरबारमा बैठक बस्ने छ ।

बैठकमा विपद्बारे छलफल गर्ने र सरकारलाई सुझाव दिने तयारी छ ।