२० भाद्र २०८३, शनिबार
,
Latest
निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम ! युद्धले आयातमा अवरोधआए पछि इराकमा इन्धन अभाव बङ्गलादेशमा ऊर्जा सङ्कटविरुद्ध विपक्षीको विरोध र्‍याली लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच शिक्षक आन्दोलनको इतिहास समेटिएको पुस्तक सार्वजनिक राज्यका निकायहरू अन्योलमा छन्ः सरकारको लक्षण राम्रो छैनः प्रचण्ड बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि… भोटेकोशी बाढीः कर्तव्य पालनाका सिलसिलामा मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख राहत भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री यादबलाई बर्खास्त गरी तत्काल पक्राउ गर्न जनमत पार्टीको माग



अ+ अ-

काठमाडौं । जनमत पार्टीले गौर नरसंहारको जिम्मेवारी लिने तथा आफ्ना नेताको हत्या गर्ने अभिव्यक्ति दिने मन्त्री रेणु यादवलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग  गरेको छ । जनमत पार्टीका उपाध्यक्ष दिपक कुमार साहले बिहीबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै चरम अपराधिक अभिव्यक्ति दिने मन्त्रीलाई बर्खास्त गरी २०६३ सालको गौर नरसंहारमा संलग्न व्यक्तिलाई तत्काल पक्राउ गर्न माग गर्नुभएको हो ।

बिज्ञप्तिमा भनिएको छ – नेपाल सरकारले अपराधिक अभिव्यक्ति दिने, हत्या हिंसा भड्काउन खोज्ने र अर्को नरसंहारको षडयन्त्र रच्ने मन्त्रीलाई अविलम्ब बर्खास्त गर्नुपर्छ । साथै गौर नरसंहारका फरार अभियुक्तहरुलाई सुरक्षाकर्मीले विशिष्ठ सुरक्षा घेरामा राखेर सुरक्षा दिने होइन कि उनीहरुलाई तत्काल पक्राउ गरी नरसंहारका पीडितहरुलाई न्याय दिदै मधेशमा विद्यमान अपराधिक पार्टीको अपराधिक राजलाई समाप्त पार्नु पर्दछ ।  

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले बुधबार ‘बलिदानी दिवस’ का अवसरमा रौतहट सदरमुकाम गौरमा आयोजित कार्यक्रममा २०६३ सालको ‘गौर नरसंहार’ को उदाहरण दिँदै जनमत पार्टीका अध्यक्ष सीके राउतको हत्या हुन सक्ने बताउनु भएको थियो ।