११ श्रावण २०८३, सोमबार
,
Latest
सुनसरी घटनापछि गृहको कदम : सीडीओसहित सुरक्षा प्रमुखहरू फिर्ता, छानबिन समिति गठन दोषीलाई कानुन बमोजिम कारबाही गर्नुपर्ने माग गर्दै स्वास्थ्यकर्मीद्वारा घण्टाघारमा प्रदर्शन ‘पत्रकारको हकहित संरक्षण गर्न मधेस प्रदेश सरकार प्रतिबद्ध छ’ सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्ने निर्णय नारायणी घटनाका घाइते चिकित्सक ट्रमा सेन्टरमा, मन्त्री मेहताद्वारा स्वास्थ्य अवस्थाको जानकारी हरेक फौजदारी मुद्दामा पीडितका लागि क्षतिपूर्ति दाबी गरिने : महान्यायाधिवक्ता कँडेल बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै नेपालका पाँच खेलाडी ३२ औं विश्व चिल्ड्रेन्स बेसबलमा सहभागी हुने ‘शिक्षा क्षेत्रमा संरचनागत सुधार आवश्यक छ’ बजारमा खाना पकाउने ग्याँसको अभाव छैन: मन्त्री यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

काम गर्न नसक्नेहरुलाई पदमा बसिरहने छुट छैनः पर्यटनमन्त्री पाण्डे



अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले काम गर्न नसक्ने कर्मचारीहरुलाई पदमा बसिरहने छुट नरहेको बताउनुभएको छ ।

पर्यटन दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफूले पनि काम गर्न नसके एक निमेष पनि मन्त्री भएर नबस्ने जिकिर गर्नुभयो ।

कोही पनि निकायको प्रमुखहरुले काम गर्न नसके निकायमा बस्ने अधिकार नभएको बताउनु भयो । उहाँले विविधतापूर्ण संस्कृति र प्रकृतिलाई व्यापक बनाउने दिशामा अघि बढिरहेको पनि बताउनु भयो । उहाँले जिडिपीमा पर्यटन क्षेत्रको योगदानलाई बढाउन चाहेको बताउनु भयो । मन्त्री पाण्डेले निजी क्षेत्र अघि नलागेसम्म मन्त्रालयले कुनै काम गर्न नसक्ने जिकिर गर्नुभयो ।

उहाँले निजी क्षेत्र अघिअघि र मन्त्रालय पछिपछि रहने बताउनु भयो । मन्त्री पाण्डेले हिउँदे अधिवेशन हाम्रो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको इतिहासमा कानून बनाउने अधिवेशन हुने र हवाई नीति, पर्यटन, संस्कृति नीति बदलिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी जोजो जुन जुन ठाउँमा छौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको हैसियतले मैले काम गर्न सक्दिन भने मलाई यो मन्त्री पदमा बस्ने छुट छैन । कोही पनि निकायको प्रमुख यदि काम गर्न सक्दैन भने त्यसले त्यो निकायमा बस्ने छुट राख्दैन । त्यसका लागि कानून हेरिरहनु पर्दैन, त्यसका लागि कुनै व्यवस्था हेर्नु पर्दैन, जनता छ, जनता सार्वभौम सत्ता सम्पन्न छ । सार्वभौम सत्ता जनताले भन्यो भने म मन्त्रीको पदबाट एक निमेष पनि नरहेर निस्किने त्यो नैतिक तागत मैले देखाउनु पर्छ । त्यो दिशामा म सबै निकायका प्रमुखहरुलाई र त्यसमा रहनुभएका साथीहरुलाई पनि आग्रह गर्न चाहन्छु ।

हामी हाम्रो विविधतापूर्ण संस्कृति र प्रकृतिलाई व्यापक बनाउने दिशामा अघि बढ्नेछौँ । हामी हाम्रो जिडिपीमा पर्यटन क्षेत्रको योगदानलाई बढाउन चाहन्छौँ । निजी क्षेत्र अघि नलागेसम्म हाम्रो मन्त्रालयले कुनै काम गर्न सक्दैन ।

निजी क्षेत्र अघिअघि र हाम्रो मन्त्रालय पछिपछि हुन्छ । त्यसका लागि तपाईहरुलाई कुन प्रकारको नीति चाहिन्छ, कुन प्रकारको कानून चहिन्छ, हिउँदे अधिवेशन हाम्रो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको इतिहासमा कानून बनाउने अधिवेशन हुनेछ । हाम्रो हवाई नीति, पर्यटन, संस्कृति नीति बदलिने बताउनु भयो ।’

मन्त्री पाण्डेले निजी क्षेत्रले देशभक्ति र राष्ट्रभक्तिलाई सर्वोपरी राखेर नीति र कानून बनाउन लाग्नुपर्ने बताउनु भयो । निजी क्षेत्रप्रति सरकार सम्पूर्ण रुपमा सकारात्मक रहेको उल्लेख गर्नुभयो ।