२० मंसिर २०८२, शनिबार
,
Latest
अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वी र मध्य तराईमा अत्याधिक वर्षा, सतर्क रहन आग्रह



अ+ अ-

काठमाडैँ । देशभर मनुसन सक्रिय काठमाडौं उपत्यकासहित देशभर सघन वर्षा भइरहेको छ। पूर्वी र मध्य तराईमा भने भारी वर्षा भएको छ। यो क्रम आइतबारसम्मै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशी प्रदेशका झापा, मोरङ, इलाममा अत्याधिक वर्षाले जनजीवन प्रभावित भएको छ। २४ घण्टाको अवधिमा झापाका चन्द्रगढी विमानस्थलमा सबैभन्दा बढी २३२.२, केचनामा २१२, अनारमनी विर्तामा २०२, गौरादहमा १९७, बाहुनडाँगीमा १६७ र सिस्नेमा १४३ मिलिमिटर वर्षा भएको छ ।

यस्तै, झापापछि सबैभन्दा धेरै इलामको माईचुलीमा २३१ मिलिमिटर वर्षा भएको छ । मोरङको बाहुनीमा १८०, विराटनगर विमानस्थलमा १८९.२, सप्तरीको बरमझियामा १८५, उदयपुरको सुन्दरपुरमा १५१, सप्तरीको रुपनी बजारमा १५२ मिलिमिटर वर्षा भइरहेको छ।

अहिले पूर्वी र मध्य तराईमा बढी वर्षा भइरहेकाले बादल गहिरिँदै गइरहेको त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञानका सहप्राध्यापक विनोद पोखरेलले बताए। उनले वर्षा अझै बढ्न सक्ने बताए।

मौसमविद्का अनुसार शनिबार रातिबाट मात्रै वर्षा मत्थर हुने देखिन्छ।