११ आश्विन २०८१, शुक्रबार
,
Latest
जेबिएनएल सेक्यूरिटिज् ग्लोबल आईएमई सेक्यूरिटिज लिमिटेडमा परिवर्तन हुँदै पहिरोले नौबिसे–काठमाडौं सडक अवरुद्ध नारायणी नदीमा झोलुंगे पुल बनेसँगै सुस्तावासीले भनेः जोखिमबाट मुक्ति पायौँ चाडपर्व लक्षित सुरक्षाका लागि प्रहरी तयार, खसी बजार, गहना पसलदेखि टिकट काउन्टरसम्म गस्ती सर्वोच्च अदालतको न्यायाधीशमा नृपध्वज र नित्यानन्द सिफारिस भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो यस्तो छ प्रहरीको चाडबाड सुरक्षा योजना अस्ट्रेलियामा एमपक्सका बिरामीको सङ्ख्यामा वृद्धि मानवता इतिहासकै कठिन मोडमा छ, वैश्विक एकता आवश्यक छ: परराष्ट्रमन्त्री भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्नसके दोब्बर पर्यटक नेपाल भित्रिन्छन्ः अध्यक्ष शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइएमई पेबाट मात्र रु १ मा हवाई टिकट



अ+ अ-

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ ले आउदै गरेको नेपालीहरुको महा चाडपर्व- दशैँ, तिहार र छठलाई लक्षित गरी मात्र रु १ मा आन्तरिक हवाई टिकट प्रदान गर्ने योजना सार्वजनिक गरेको छ।

असोज ८ गते देखि असोज २३ गतेसम्म चल्ने यस योजना अन्तर्गत आइएमई पे एप मार्फत आन्तरिक हवाई टिकट खरिद गर्ने सेवाग्राही मध्ये दैनिक ५ भाग्यशाली सेवाग्राहीहरुले रु। १ मा टिकट प्राप्त गर्नेछन्। भाग्यशाली विजेताहरुले खरिद गरेको हवाई टिकटको रु। १ अतिरिक्तको रकम क्यासब्याक प्रोमोकोड स्वरुप विजेता घोषणा गरेपश्चात प्राप्त गर्नेछन्।

साथै आइएमई पे मार्फत हवाई टिकट खरिद गर्दा रु ८१ क्यासब्याक प्राप्त गर्ने मौका पनि रहेको छ भने हरेक दिन हवाई टिकट खरिद गर्ने ३० जना सेवाग्राहीहरुले चन्द्रागिरी हिल्स केबलकार, मौलाकाली केबलकार र लुम्बिनी केबलकारको टिकटको लागि क्यासब्याक प्रोमोकोड पनि जित्ने मौका पाउनुहुनेछ।

चाड पर्वको लहर धमाधम सुरु भएको मौका पार्दै गाउँघर जाने वा आन्तरिक पर्यटनमा निस्किने सेवाग्राहीहरुलाई लक्षित गरी आइएमई पेले यस अफर सार्वजनिक गरेको छ।

आइएमई पे प्रमुख कार्यकारी अधिकृत प्रवीन रेग्मीले यस अफरलाई आइएमई पेका सेवाग्राहीहरु माझ महान् चाडपर्वको अवसरमा कृतज्ञता र उपहार स्वरुप समर्पण गरिएको जानकारी दिनुभएको छ ।

साथै आइएमई पे मार्फत टिकट खरिदमा समयको अनिश्चिततालाई ध्यानमा राखी सेवाग्राहीहरुले आफ्नो हवाई टिकटलाई पूर्ण रूपमा फिर्ता योग्य गरेर आफ्नो लगानी सुरक्षित गर्न र आर्थिक नोक्सानको चिन्ता बिना आफ्नो यात्राको आनन्द लिन सक्छन्। आइएमई पेका प्रयोगकर्ताहरूले हवाई टिकट खरिद गर्ने समयमा ‘IME Pay Refundable’ विकल्प सजिलैसँग स्विच गर्न सक्छन् र थोरै प्रिमियम तिरेर यसको फाईदा पूर्ण उठाउन सक्छन्। योजनाहरूमा परिवर्तन आउँदा, प्रयोगकर्ताहरूले कम्पनीको ग्राहक सेवामा समर्पित कर्मचारीलाई सम्पर्क गरेर फिर्ताको अनुरोध प्रारम्भ गर्न सक्नेछन्।