४ भाद्र २०८३, बिहीबार
,
Latest
कास्कीको अन्नपूर्ण गाउँपालिकाले विपद् प्रभावितलाई सहयोग गर्न अपिल, पुनःस्थापनाका लागि कोष सञ्चालन धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना दाङमा ट्याक्टर र अटो ठोक्किँदा चालकको मृत्यु, दुई जना घाइते गरिमा चौधरी हत्या प्रकरण : न्यायको माग गर्दै पथलैया–वीरगन्ज सडक ठप्प धुर्मुसको गुनासो : ‘आफ्नै देशमा न्याय खोज्दा आवाज बेवारिसे भयो’ वन कार्यालय चितवनद्वारा जोखिमयुक्त रुखको तथ्यांक संकलन नेपालमा १६८ प्रजातिका लामखुट्टे, कीटजन्य रोगको जोखिम बढ्दो प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता सात हजार कुखुराको ‘पोष्टमार्टम’ : १० रोग पहिचान यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

शकिब अल हसनले सन्यासको घोषणा गरे



अ+ अ-

एजेन्सी । बंगलादेशका अलराउन्डर शकिब अल हसनले सन्यासको घोषणा गरेका छन् । उनले बिहीबार अचानक पत्रकार सम्मेलन बोलाएर आफ्नो अन्तिम टेस्ट दक्षिण अफ्रिकाविरुद्ध मिरपुरमा हुने बताए ।

उनी भारत भ्रमणमा बंगलादेशको टोलीमा छन्, यद्यपि उनको कानपुर टेस्ट खेल्नेमा शंका छ ।

३७ वर्षीय बंगलादेशी अलराउन्डरले भने, ‘मैले मेरो बोर्डलाई मिरपुरमा अन्तिम टेस्ट खेल्ने इच्छा व्यक्त गरेको छु । मेरो घर फर्किने प्रयास पनि गरिरहेका छन्, यदि त्यसो भएन भने भारतविरुद्धको कानपुर टेस्ट मेरो अन्तिम खेल हुनेछ ।’

लामो समयदेखि विवादित रहँदै आएका शकिबमाथि प्रदर्शनकारी विद्यार्थीको हत्या गरेको आरोप छ ।

शाकिब अल हसन विगत केही दिनदेखि सेन्ट्रल सेरस कोरियोरेटिनोप्याथीबाट पीडित छन् । यो एक अवस्था हो जसमा रेटिना मुनि तरल पदार्थ जम्मा हुन्छ । जसले दृष्टिमा बाधा पुर्याउँछ । यही समस्याका कारण भारतविरुद्ध चेन्नईमा खेलिएको पहिलो टेस्टमा शकिबले घाँटीमा कालो धागो लगाएका थिए र त्यसलाई मुखले थिचेका थिए ।

शकील यसै वर्ष सांसद बनेका थिए । उनी शेख हसिनाको सरकारमा मन्त्री थिए । देशमा हिंसात्मक प्रदर्शन भएपछि शेख हसिनाले आफ्नो पदबाट राजीनामा दिनुपरेको थियो । उनले पनि देश छाड्नुपर्‍यो ।

बंगलादेशका यी स्टार अलराउन्डर मैदानभित्र र बाहिर विवादका कारण बारम्बार चर्चामा रहन्छन् । यसै वर्षको अप्रिलमा उनको ग्राउन्ड स्टाफसँग झगडा भएको थियो । फोन खोस्ने प्रयास गर्दै थप्पड मार्ने धम्की समेत दिए । यसका साथै उनले विपक्षी टोलीका खेलाडी र अम्पायरसँग पनि धेरै पटक मैदानमा झगडा गरेका छन् ।

शकिबले ७० टेस्ट खेलमा ४ हजार ६०० रन बनाएका छन् भने २४२ विकेट लिएका छन् । यस्तै, एकदिवसीयमा उनले २४७ खेल खेल्दा ७ हजार ५७० रन र ३१७ विकेट लिएका छन् भने टी–२० आईमा १२९ खेल खेलेका उनले २ हजार ५५१ रन बनाउँदा १४९ विकेट लिएका छन् ।