२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए News Polar बेत्रावतीमा बेलिब्रिज जडानको काम धमाधम News Polar ३८ वर्षपछि डधेल्धुरा परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने News Polar मन्त्री चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक News Polar गजुरीको गलौँदीमा सडक भासियो, राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar नेपालको रग्बीलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्य News Polar गण्डकी र लुम्बिनी प्रदेशमा सूचना महामार्ग परियोजना कार्यान्वनयका लागि सम्झौता News Polar सर्वोच्च अदालतद्वारा सुदूरपश्चिमको बजेटसम्बन्धी रिटमा अन्तरिम आदेश दिन अस्वीकार News Polar काँग्रेस महाधिवेशनः सभापतिका उम्मेदवार थापाद्वारा मतदान, ५ हजार ६ सय बढी मत खस्यो News Polar बाँकेमा डेङ्गुको सङ्क्रमण देखिन थाल्यो News Polar पोखरामा स्कुल बस दुर्घटना हुँदा मृत्यु भएका पाँच जनाको पहिचान News Polar व्यवसायमैत्री कानुन निर्माण आवश्यक छ : अध्यक्ष श्रेष्ठ News Polar कांग्रेस महाधिवेशनः मतदानको समय बेलुका ७ बजेसम्म थपियो News Polar साहद्वारा बाढीपीडितलाई ३० लाख रुपैयाँ सहयोग News Polar यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू

बजेट कार्यान्वयन गर्ने स्थानीय तहमा कर्मचारी अभाव

बजेट कार्यान्वयन गर्ने स्थानीय तहमा कर्मचारी अभाव
अ अ+ अ-

काठमाडौं । सङ्घीयता र बजेट कार्यान्वयन गर्ने स्थानीय तहमा कर्मचारीको चरम अभाव भएको छ । कर्मचारी समायोजनका क्रममा अधिकांश कर्मचारीले सङ्घीय कार्यालय रोजेपछि बजेट कार्यान्वयन गर्ने स्थानीय तहमा कर्मचारीको अभाव भएको हो ।

कुल ४६० गाउँपालिकामध्ये २५ प्रतिशत गाउँपालिकामा अझै प्रमुख प्रशासकीय अधिकृतविहीन छन् । कुल छ हजार ७४२ वडा कार्यालयमध्ये करिब २३ प्रतिशत वडा वडासचिवविहीन रहेको गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल र नेपाल नगरपालिका सङ्घले जनाएका छन् ।

सरकारले चालू आर्थिक वर्षमा कुल बजेटको २६ दशमलव ५ प्रतिशत बजेट स्थानीय तहमा पठाएको छ । प्रति स्थानीय तहमा सङ्घ र प्रदेश सरकारको वित्तीय हस्तान्तरणसँगै विभिन्न मन्त्रालयको बजेट आफ्नै स्रोत र विकास साझेदारी निकाय संस्थाको समेत गरी एक अर्बभन्दा बढी बजेट स्थानीय तहमा पुगेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । 

नुवाकोटको शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले सरकारले बजेट स्थानीय तहमा पठाए पनि बजेट कार्यान्वयन गर्ने कर्मचारी नपठाउँदा विकास निर्माण र सेवा प्रवाह गर्न कठिन प्रायः भएको छ, गाउँपालिकामा आठ वटा वडा कार्यालय छन् अहिले आठवटै वडा सचिवविहीन छन् भने । उनका अनुसार संविधानले अधिकार र स्रोत स्थानीय तहमा पठाए पनि प्रशासनिक सङ्घीयता कार्यान्वयनमा ढिलाइ हुँदा कतिपय पालिकामा प्रभावकारी बजेट कार्यान्वयन हुन सकेको छैन । वित्तीय सङ्घीयता, विकास निर्माण, सेवा प्रवाह र सुशासन कार्यान्वयन गर्ने कर्मचारी सङ्घमा भन्दा स्थानीय तहमा पर्याप्त पठाउँदा मात्र सरकारको काम प्रभावकारी कार्यान्वयन हुने भएकाले कर्मचारी स्थानीय तहमा पठाउन उहाँले सरकारलाई आग्रह गरे ।

प्रदेश र स्थानीय तहमा समायोजन भएका कतिपय कर्मचारीले पनि विभिन्न बहानामा समायोजन संशोधन गरी पुनः सङ्घमा नै फर्कंदा स्थानीय तहमा कर्मचारी अभाव हुँदै गएको स्थानीय तहका जनप्रतिनिधिको भनाइ छ ।

अन्तरपालिका सरुवाको तयारी
सरकारले प्रदेश र स्थानीय तहमा कर्मचारीको आकर्षण बढ्ने गरी अन्तर प्रदेश तथा अन्तर स्थानीय तहमा कर्मचारी सरुवा हुन पाउने गरी नयाँ मापदण्ड निर्माण गर्न लागेको छ ।

सरकारले यसअघि नै स्थानीय र प्रदेशमा कर्मचारी पठाउन अन्तरपालिका सरुवा गर्ने नीतिगत निर्णय गरेसँगै सोका लागि मन्त्रालयले मापदण्ड निर्माण कार्य अन्तिम चरणमा पु¥याएको हो । सङ्घका कर्मचारी स्थानीय र प्रदेश तहमा जाँदा एक तह वृद्धि, ग्रेड थप हुने र अवकाश हुँदा पेन्सन वृद्धि हुने भएकाले सङ्घका कर्मचारी प्रदेश तथा स्थानीय तहमा आकर्षित भएका छन् ।

मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले अब स्थानीय र प्रदेशमा कर्मचारीलाई आकर्षण बढ्ने गरी मन्त्रालयले अन्तरपालिका र अन्तरप्रदेश सरुवा गर्न सक्ने गरी नयाँ मापदण्ड बनाउँदैछ, मापदण्ड कार्यान्वयनमा आएपछि स्थानीय र प्रदेश तहमा कर्मचारीको आकर्षण बढ्ने र कर्मचारी अभाव रोकिन्छ भने ।

उक्त मापदण्ड अन्तिम चरणमा पुगेको र मङ्सिरभित्र कार्यान्वयनमा आउने मन्त्रालयले जनाएको छ । कतिपय कर्मचारी पेन्सन बढाउन मात्र प्रदेश तथा स्थानीय तहमा जान सक्ने भएकाले कम्तीमा तीन वर्ष सेवा अवधि बाँकी भएका कर्मचारीलाई मात्र समायोजन संशोधनको अवसर दिन लागिएको अधिकारीले बताए । कर्मचारी समायोजनका क्रममा सङ्घमा करिब ४९ हजार कर्मचारीको दरबन्दी कायम भएको थियो । त्यस्तै स्थानीयमा ६७ हजार र प्रदेश तहमा र २२ हजार पाँच सय दरबन्दी कायम गरिएको मन्त्रालयले जनाएको छ । , समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।