१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

सांस्कृतिक कार्यक्रममा योगदान गर्ने सम्मानित

सांस्कृतिक कार्यक्रममा योगदान गर्ने सम्मानित
अ अ+ अ-

काठमाडौँ । संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा यही असोज ३ गते राजधानीमा आयोजित ‘नेशनल डे कन्सर्ट’मा योगदान पुर्‍याउने विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज धरहरा परिसरमा एक समारोहबीच कन्सर्ट सफल बनाउन सहयोग गर्ने कलाकार, समाजसेवी, खेलाडी, साहित्यकारलागायतलाई सम्मान गरेको हो ।

कार्यक्रममा प्रधानमन्त्री कार्यालयका सचिव डा कृष्णहरि पुस्करले संविधान दिवसका अवसरमा नागरिक स्तरबाटै कार्यक्रम गरिनु र व्यापक जनसहभागिताले यसलाई थप सफल र सार्थक बनाएको बताउनुभयो । उहाँले कार्यक्रममा योगदान दिने सबैलाई धन्यवाद दिँदै देशको प्रगति र समृद्धिमा कला, साहित्य, खेलकुद, र समाजसेवाले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो ।

सम्मानित हुनेहरुमा कलाकार, समाजसेवी, खेलाडी, व्यापारी, साहित्यकारलगायत रहेका छन् । सो अवसरमा हास्यकलाकार केदार घिमिरेले सम्मानले देशप्रतिको जिम्मेवारी अझ थपिएको उल्लेख गर्नुभयो । ‘नेशनल डे कन्सर्ट’का लागि नागरिकस्तरबाट १५० जनाको विशेष समिति गठन गरिएको थियो । समितिमा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्ति रहनुभएको थियो ।