७ माघ २०८१, सोमबार
,
Latest
सिङ्गो बस्ती नै शौचालयविहीन डोनाल्ड ट्रम्पले भने–म तेस्रो विश्व युद्ध रोक्नेछु (फोटोफिचर) खानेपानी संस्थानद्धारा वीरगञ्जमा ओभरहेड ट्याङ्की निर्माणका लागि प्रक्रिया सुरु यु–१९ महिला विश्वकप क्रिकेटः नेपालले स्कटल्यान्डलाई दियो ७४ रनको लक्ष्य साहारा चितवन सहकारी प्रकरण: प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन बैंकको ऋण नतिर्न उक्साउने अराजक गतिविधिका कारण अर्थतन्त्रमा केही स्लो डाउन छः गभर्नर अधिकारी ४७ औँ राष्ट्रपतिका रूपमा शपथ लिँदा ट्रम्प–शैली: के हुनेछ ? गुरुङ सम्पदाको प्रवर्द्धनका लागि पदमार्ग निर्माण सुशान्त केसीको भक्तपुर कन्सर्टः टिकट मूल्य कति ? सम्बन्धलाई थप प्रगाढ बनाउनका लागि चीनले अमेरिकासँग सहकार्य गर्न तयार: चिनियाँ उपराष्ट्रपति
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक खर्ब ३६ अर्ब विप्रेषण भित्रियो



अ+ अ-

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो महिनामा रु एक खर्ब ३६ अर्ब ९३ करोडको विप्रेषण देशभित्र भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरण अनुसार, समीक्षा अवधिमा विप्रेषण आप्रवाह १८ प्रतिशतले वृद्धि भएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२ दशमलव आठ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह एक अर्ब दुई करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ८७ करोड ९८ लाख रहेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ३६ हजार नौ सय २८ र पुन:श्रम स्वीकृति लिनेको सङ्ख्या २२ हजार छ सय ४७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमश: ३९ हजार एक सय ५२ र १६ हजार चार सय २३ थियो ।

केन्द्रीय बैंकका अनुसार समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु एक खर्ब ४८ अर्ब ४९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु एक खर्ब २८ अर्ब २१ करोड थियो ।