१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

ललितपुरले वातावरण र कृषि क्षेत्रका सकारात्मक अभ्यास पछ्याउने

ललितपुरले वातावरण र कृषि क्षेत्रका सकारात्मक अभ्यास पछ्याउने
अ अ+ अ-

पाटन । ललितपुर महानगरपालिकाले वातावरण र कृषि क्षेत्रमा कोरियाको चेरवन सहरका सकारात्मक अभ्यास पछ्याउने भएको छ ।

कोरियाको चेरवन सहरका प्रमुख ली ह्युन जोनसहितको प्रतिनिधिमण्डलको स्वागतमा ललितपुर महानगरपालिकाको बैठक कक्षमा आज आयोजित कार्यक्रममा नगरप्रमुख चिरीबाबु महर्जनले वातावरण र कृषि क्षेत्रमा भएका सकारात्मक अभ्यास आदानप्रदान गर्न चाहना व्यक्त गर्नुभयो ।

नगरप्रमुख महर्जनले चेरवन सहर र ललितपुर महानगरबीचको भगिनी सम्बन्धले नेपाल र कोरियाबीचको दाँैत्य सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभयो । एक महिनाअघि महानगर प्रमुख महर्जन चेरवन सहरको निमन्त्रणमा भगिनी सम्बन्ध कायम गर्नका लागि त्यहाँ जानुभएको थियो ।

चेरवनका मेयरसहितको प्रतिनिधिमण्डललाई स्वागत गर्नुहुँदै ललितपुर महानगरप्रमुख महर्जनले कृषि र वातावरणको क्षेत्रमा चेरवनबाट ललितपुरले असल अभ्यासहरु सिक्नसक्ने बताउनुभयो । “कृषि र वातावरणको क्षेत्रमा हामी चेरवनको असल अभ्यासहरु सिक्छौँ । हस्तकला र सम्पदा क्षेत्रमा हाम्रा असल अभ्यासहरु चेरवन सहरलाई हस्तान्तरण गर्न चाहन्छौँ, यो हामी दुवै पक्षका लागि प्रभावकारी हुनसक्छ”, उहाँले भन्नुभयो ।

चेरवन सहरका प्रमुख ली ह्युन जोनले ललितपुर महानगरसँग हरेक क्षेत्रमा सहकार्य गर्न तयार रहेको बताउनुभयो । उहाँले कृषि, पर्यावरण प्राथमिकतामा रहेको भन्दै नेपालीहरुको सद्भावको शैलीबाट आफू प्रभावित भएको बताउनुभयो ।

उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले चेरवन सहरसँग भगिनी सम्बन्ध कायम भएकामा खुसी व्यक्त गर्दै दुई सहरबीचको भिन्नता र एकतालाई आत्मसात् गर्दै अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले अघिल्लो वर्ष कोरिया भ्रमण गर्दा कृषि र पर्यावरणको क्षेत्रमा भएका सकारात्मक कामबाट आफू प्रभावित भएको बताउनुभयो । “यी दुई क्षेत्रमा महानगरले धेरै सिक्नुछ, हालै कायम भएको भगिनी सम्बन्धले त्यसलाई मार्गप्रशस्त गरेको छ”, उहाँले भन्नुभयो ।

चेरवन सहरका उपाध्यक्ष जाङ योङले ललितपुरको आवश्यकता र मागबारे जानकार हुन भ्रमण तय गरेको प्रस्ट पार्नुभयो ।

ललितपुर महानगरका प्रवक्ता तथा वडा नंं ९ का वडाध्यक्ष राजु महर्जनले दुई सहरबीचका असल अभ्यास आदानप्रदान गर्नुपर्ने धारणा राख्दै रोजगारी सिर्जना गर्न ‘स्टार्टअप’लाई सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले दुई सहरबीच भगिनी सम्बन्ध कायम भइसकेको अवस्थामा नागरिकले अनुभूत गर्ने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।

चेरवन सहरका कृषि प्रविधि विभागका निर्देशक ली हुङजोङले कृषि क्षेत्रमा के र कसरी सहयोग गर्न सकिन्छ त्यस बारेमा अध्ययन गरी छलफल गर्ने बताउनुभयो ।

कार्यक्रममा वडा नं २० का वडाध्यक्ष चन्द्रलाल महर्जन, वडा नंं १२ का वडाध्यक्ष नारायणलाल अवाले, वडा नं २७ का वडाध्यक्ष कृष्णहरि महर्जन, वडा नं २६ का वडाध्यक्ष सुरेश महर्जनले ललितपुर महानगरभित्र कृषि क्षेत्रमा उल्लेख्य सम्भावना रहेको बताउँदै कोरियाको प्रविधि भित्र्याएर उत्पादन बढाउनुपर्ने धारणा राख्नुभयो ।

महानगरका कृषि सल्लाहकार धर्म महर्जनले ललितपुर महानगर मात्रै नभएर प्रविधिका कारण नेपाल पछि परेको तर्क गर्दै कोरियाको प्रविधि ललितपुर भित्र्याएर उत्पादन बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “कोरियाको प्रविधि प्रयोग गरेर फलफूल र तरकारी उत्पादन गर्ने एउटा नमूना कृषि फर्म बनाउनुपर्छ ।”

ललितपर महानगरमा कृषिको अध्ययन अनुसन्धान र सम्भावना खोजी गर्नका लागि कोरियाको चेरवन सहरका प्रमुख जोनसहितको प्रतिनिधिमण्डल ललितपुर आएको हो । ललितपुर महानगर र छिमेकी पालिकामा सञ्चालित कृषि फर्महरुको अवलोकन गर्ने, त्यहाँका उत्पादनहरुका बारेमा छलफल गर्नेछ । एक साता लामो भ्रमणका लागि यहाँ आउनुभएका जोनसहितको टोलीले कृषि मन्त्री तथा अन्य सरोकार भएका निकायका प्रतिनिधिलाई भेट्ने कार्यक्रम रहेको छ ।