१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा पेश News Polar विधि विज्ञान प्रयोगशाला विधेयकमाथि समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश News Polar प्रधानमन्त्री दैवीप्रकोप उद्धार र राहत कोषको आय–व्यय विवरण सार्वजनिक गर्न माग News Polar जलवायु परिवर्तनसम्बन्धी दोहोरो समिति नबनाउन सांसद विकको माग News Polar भारतीय कर नीतिले जुट उद्योग धराशायी हुने भन्दै सरकारको ध्यानाकर्षण News Polar भट्टराईको टिप्पणी : ‘ठूला माछा समात्ने प्रकरणमा सरकार पछि हट्नु विडम्बना’ News Polar धुनिबेशीमा ६ वटा सवारीसाधन दुर्घटनामा News Polar प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसदलाई जानकारी नदिएको भन्दै एमाले सांसद हमालको आपत्ति News Polar विपद् व्यवस्थापन संरचना बलियो बनाउन सरकारसँग सांसद खरेलको माग News Polar सम्पर्कविहीन नागरिकको अवस्थाबारे तत्काल जानकारी दिन सांसद राईको माग News Polar दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति News Polar नारायणी बाढीपीडितलाई प्रदेश सरकारको साथ रहने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन News Polar भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग News Polar चोलेन्द्र पक्राउ प्रकरण: न्याय परिवारलाई आतंकित तुल्याउने नियत देखियो: न्यायाधीश समाज News Polar नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना News Polar चीनको पहाडी क्षेत्रमा तिब्रगतिको रेल सेवा सञ्चालन, आर्थिक विकास र पर्यटनमा नयाँ आयाम News Polar टर्कीको गाजियान्तेपमा मिनीबस र कार ठोक्किँदा ७ जनाको मृत्यु, १३ घाइते News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ

आगामी तीन दिनको विपद् व्यवस्थापनका लागि सशस्त्र प्रहरी बल तयारी अवस्थामा, देशभरका युनिट उच्च शतर्कतामा

आगामी तीन दिनको विपद् व्यवस्थापनका लागि सशस्त्र प्रहरी बल तयारी अवस्थामा, देशभरका युनिट उच्च शतर्कतामा
अ अ+ अ-

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन भारी वर्षा हुने जानकारी गराएसँगै सशस्त्र प्रहरी बल नेपालले सम्भावित विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको जनाएको छ ।

मौसम विज्ञान विभागले आगामी तीन दिन(शुक्रवार, शनिवार र आईतवार) भारी वर्षा हुने भन्दै सूचना जारी गरेको छ । ५६ वटा जिल्लामा वषावको रेड अर्लड जारी गर्दै सचेत रहन आग्रह समेत गरेको छ । यस्तो अवस्थामा बाढी, पहिरो र डुबानका कारण हुनसक्ने विपद् व्यवस्थापनका लागि सशस्त्र प्रहरी बल नेपाल तयारी अवस्थामा बसेको हो ।

न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन महाशाखाका सशस्त्र प्रहरी नायव उपरीक्षक अमित सिंहले आफूहरु विपद्का कारण आइपर्ने घटनाहरुको व्यवस्थापनका लागि स्रोत, साधनसहित तयारी अवस्थामा रहेको बताउनु भयो ।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले सशस्त्र प्रहरीको देशभर रहेका कार्यालयहरुलाई आगामी तीन दिन उच्च शतर्कता अपनाउन सूचना जारी गरिसकेको बताउनु भयो ।

उहाँले सशस्त्र प्रहरीका सबै युनिटहरु स्रोत, साधनसहित उच्च शतर्कताका साथ बसिरहेको जानकारी दिनुभयो । उहाँले १३ वटा हेवी इक्युपमेण्टलाई तयारी अवस्थामा राखिएको बताउनु भयो । त्यसैगरी बाढी, पहिरो र डुबानबाट बिस्थापित हुनेहरुका लागि अस्थायी क्याम्प खडा गर्न २८ वटा कन्टेनरहरुलाई पनि तयारी अवस्थामा राखिएको उहाँको भनाई छ । उहाँले सबै जिल्लाहरुमा आवश्यक उपकरणहरुसहित बन्दोबस्त गरिएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘शुक्रवार, शनिवार र आईतवार देशव्यापी रुपमा मध्यम तथा भारी वर्षाको सम्भावना र त्यसले केही जिल्लाहरुमा उच्च शतर्कतामा बस्नुपर्ने अथवा मानविय र भौतिक क्षतिको जुन प्रक्षेपण गरेको छ, त्यसलाई मध्यनजर गरेर हामीले देशव्यापी रुपमा सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालयहरु लगायत जिल्लास्थित गण, गुल्म तहका कार्यालयहरुमा रहेका विपद् फोकल पर्सनहरुलाई हामीले यो सम्बन्धी जानकारी दिइसकेका छौँ ।

परिपत्रमार्फत पनि गरेका छौँ । सञ्चारमाध्यमबाट पनि शतर्क गराइसकेका छौँ । आफ्नो उपलब्ध स्रोत, साधनसहित उनीहरु यो कुरामा सचेत छन् । आफूले गर्नुपर्ने पूर्वतयारीमा स्रोत, साधनसहित तयारी अवस्थामा बसेका छन् । यसको लागि हामीसँग भएका १३ वटा हेभी इक्युपमेण्टलाई पनि तयारी अवस्थामा राखिएको छ ।

मान्छेहरु बाढी, पहिरो, डुबानका घटनाले विस्थापित भए भने अस्थायी रुपमा क्याम्प खडा गरेर तिनीहरुलाई राख्न सकिने सिस्टम अन्तर्गत २८ वटा कन्टेनरलाई तयारी हालतमा राखेका छौँ । अन्य आवश्यक उपकरणहरुलाई पनि हामीले विभिन्न जिल्लाहरुमा तयारी अवस्थामा राखिराखेका छौँ ।’

उहाँले सशस्त्र प्रहरी बल नेपाल मनसुन शुरु हुनु अघिदेखि नै विपद् प्रतिकार्यका लागि तयारी अवस्थमा रहेको बताउनु भयो । सशस्त्र प्रहरी नायव उपरीक्षक सिंहले विपद्का लागि माथिल्लो तहदेखि तल्लो तहसम्मको सशस्त्र प्रहरी बलका युनिटमा जनशक्ति साधन,स्रोतसहित रहने स्पष्ट पार्नुभयो ।

उहाँले मनसुनलाई केन्द्रित गरेर ११० जना तालिमप्राप्त गोताखोरलाई सबै प्रदेशमा गरी १० स्थानमा केन्द्रित गरेर राखिएको जानकारी दिनुभयो । त्यसैगरी डुबान र बाढीलाई मध्यनजर गरि ३९ वटा जिल्लाका ५९ सशस्त्र प्रहरी बलको कार्यालयहरुमा १२३ वटा मोटरबोट र रेस्क्यु र्याफ्टलाई तयारी अवस्था राखिएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘हामीहरु मनुसन शुरु हुनुभन्दा अगाडीदेखि नै देशभरका इकाइहरुमार्फत कृत्रिम घटना अभ्यास सञ्चालन गरेर मनसुनका लागि पूर्वतयारी कार्य गरिरहेका छौँ ।

हाम्रो देशभरमा रहेका इकाइहरुमा स्ट्याण्डबाई रुपमा बाहिनी मुख्यालय, शिक्षालयहरु र गण तहको कार्यालयहरुमा सिनियर अधिकृतको कमाण्डमा एक प्लाटुन जनशक्ति स्ट्याण्डबाइ रहन्छ । तुरुन्तै र २४ सै घण्टा परिचालन हुने हिसावमा बसेको हुन्छ । त्यो भन्दा तल्लो इकाइ बिओपी इकाइसम्म उपलब्ध स्रोत, साधनसहित स्ट्याण्डबाइ रहने व्यवस्था गरिएको छ ।

मनुसुनलाई मध्यनजर गरेर देशभरको इकाइमा ११० जना गोताखोर तालिमप्राप्त जनशक्तिलाई दश स्थानमा केन्द्रित गरेर राखेका छौँ । सबै प्रदेशमा छ । डुबान र बाढीलाई मध्यनजर गरेर ३९ वटा जिल्लाका ५९ वटा सशस्त्र प्रहरी वल नेपालका कार्यालयहरुमा १२३ वटा मोटरबोट र रेस्क्यु र्याफ्टलाई स्ट्याण्डबाई राखिराखेका छौँ । यो मनसुन अवधि भरका लागि स्ट्याण्डबाई रहने व्यवस्था हो ।’

विपद् व्यवस्थापनका लागि सबै निकायहरुको उत्तिकै भुमिका हुने भन्दै सिंहले त्यसको लागि सशस्त्र प्रहरीले आवश्यक सबै निकायहरुसँग समन्वय गर्ने बताउनु भयो । सबै क्षेत्रमा आवश्यक समन्वयका लागि सञ्चार तालिम प्राप्त ९१ जना जनशक्ति परिचालन भइरहेको उहाँको भनाई छ ।

सशस्त्र प्रहरी बल नेपालले आगामी तीन दिन अत्यावश्यक कामभन्दा बाहेक सडक यातायातको प्रयोग नगर्न आग्रह गरेको छ । त्यस्तै, सम्भावित विपद्को जोखिम रहेको स्थान भए नजिकैको सशस्त्र प्रहरी बललाई जानकारी गराउनका लागि आग्रह समेत गरिएको छ । जानकारी पाउनासाथ सशस्त्र प्रहरी सो स्थानमा उद्धारका लागि पुग्ने सशस्त्र प्रहरी नायव उपरिक्षक अमित सिंहले बताउनु भयो ।