९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

वाणिज्य बैंकहरुको कुन बैंकको कति नाफा घट्यो ?



अ+ अ-

काठमाण्डौं । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा धेरै वाणिज्य बैंकको नाफा घटेको छ । २७ वाणिज्य बैंकमध्ये १८ वटा बैंकको नाफा घटेको छ भने बाँकी ९ बैंकले भने नाफा बढाउन सफल भएका छन् ।

पहिलो तीन महिनाको वित्तीय विवरण अनुसार ग्लोबल आइएमई बैंकले १ अर्ब ६ करोड नाफा कमाएको छ ।

यस्तै नबिल बैंकले १ अर्ब ३ करोड ५७ लाख, एनआईसी एसिया बैंकले १ अर्ब २ करोड १० लाख, प्राइम कमर्सियल बैंकले १ अर्ब १ करोड ७६ लाख र प्रभु बैंकले ८५ करोड करोड नाफा कमाएका छन् । 

मेगा बैंकले ६० करोड ६९ लाख, बंगलादेश बैंकले ५७ करोड ११ लाख, एनएमबी बैंकले ७३ करोड २९ लाख, सिटिजन्स बैंकले ५१ करोड ५५ लाख र कुमारी बैंकले ६० करोड २५ लाख नाफा बढाएका छन् ।

एसबीआई बैंकको सबैभन्दा धेरै ५४ प्रतिशतले नाफा घटेको छ । एभरेष्टको ५१, हिमालयनको ४७ र स्टान्डर्ड चार्टर्डको ३७ प्रतिशतले नाफा घटेको छ । त्यस्तै नाफाका आधारमा अन्तिम स्थानमा रहेको सिभिल बैंकको ३९ प्रतिशतले घटेको छ ।

कोभिड-१९ को असरले वाणिज्य बैंकहरुको नाफा अघिल्लो वर्षको तुलनामा घटेको हो ।