२७ मंसिर २०८२, शनिबार
,
Latest
एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम म ढुक्कले भन्न सक्छु–एमाले अजम्बरी छ: ओली एमालेसँग बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनः ओली एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन- फोटो फिचर अमेरिकामा मौसमी फ्लु प्रकोपः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

वाणिज्य बैंकहरुको कुन बैंकको कति नाफा घट्यो ?



अ+ अ-

काठमाण्डौं । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा धेरै वाणिज्य बैंकको नाफा घटेको छ । २७ वाणिज्य बैंकमध्ये १८ वटा बैंकको नाफा घटेको छ भने बाँकी ९ बैंकले भने नाफा बढाउन सफल भएका छन् ।

पहिलो तीन महिनाको वित्तीय विवरण अनुसार ग्लोबल आइएमई बैंकले १ अर्ब ६ करोड नाफा कमाएको छ ।

यस्तै नबिल बैंकले १ अर्ब ३ करोड ५७ लाख, एनआईसी एसिया बैंकले १ अर्ब २ करोड १० लाख, प्राइम कमर्सियल बैंकले १ अर्ब १ करोड ७६ लाख र प्रभु बैंकले ८५ करोड करोड नाफा कमाएका छन् । 

मेगा बैंकले ६० करोड ६९ लाख, बंगलादेश बैंकले ५७ करोड ११ लाख, एनएमबी बैंकले ७३ करोड २९ लाख, सिटिजन्स बैंकले ५१ करोड ५५ लाख र कुमारी बैंकले ६० करोड २५ लाख नाफा बढाएका छन् ।

एसबीआई बैंकको सबैभन्दा धेरै ५४ प्रतिशतले नाफा घटेको छ । एभरेष्टको ५१, हिमालयनको ४७ र स्टान्डर्ड चार्टर्डको ३७ प्रतिशतले नाफा घटेको छ । त्यस्तै नाफाका आधारमा अन्तिम स्थानमा रहेको सिभिल बैंकको ३९ प्रतिशतले घटेको छ ।

कोभिड-१९ को असरले वाणिज्य बैंकहरुको नाफा अघिल्लो वर्षको तुलनामा घटेको हो ।