१२ आश्विन २०८१, शनिबार
,
Latest
ताप्लेजुङको विकास र समृद्धिका लागि पाथीभरा केबलकार आवश्यक छ: अध्यक्ष ढकाल नागढुङ्गाको नागमन्दिरमा पहिरो, यातायात पूर्ण अवरुद्ध निरन्तर वर्षा : केही नदीमा जलसतह खतरास्तर नजिक ललितपुरको किस्ट अस्पतालनमा पानी पसेपछि बिरामीलाई सुरक्षित स्थानमा सारियो द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली नेपाल बहराइनसँग पराजित शनिबार बिहानसम्म त्रिभुवन विमानस्थलबाट हुने सबै आन्तरिक उडान स्थगित कुलेखानी ड्यामको तटीय क्षेत्र डुबानको जोखिममा, स्थानीयलाई उच्च सतर्कतामा रहन अपिल दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात राष्ट्रसङ्घको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छः मुख्य सल्लाहकार…
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीद्वारा म्यान्मा र बहराइनका सरकार प्रमुखलाई बधाई



file-photo
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले म्यान्मा र बहराइनका सरकार प्रमुखमा बधाई ज्ञापन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले गणतन्त्र म्यान्मा सङ्घका सल्लाहकार आङ सान सुची र बहराइन अधिराज्यका अधिराजकुमार सलमान बिन हमाद अल खलिफालाई बुधबार बेग्लाबेग्लै शुभकामना सन्देश पठाएर बधाई ज्ञापन गर्नुभएको हो । म्यान्मामा हालै भएको आमनिर्वाचनमा नेशनल लिग फर डेमोक्रेसी भारी बहुमतका विजयी भएकामा बधाई ज्ञापन गर्दै सन्देशमा प्रधानमन्त्री ओलीले निर्वाचन परिणामले नेत्री सुचीको सक्षम नेतृत्व र जनतामाझ उहाँप्रतिको लोकप्रियतालाई प्रमाणित गरेको बताउनुभएको छ । दुई वर्षअघि नेत्री सुचीले सफलतापूर्वक गर्नुभएको नेपाल भ्रमणको स्मरण गर्दै उहाँले नेपाल र म्यान्माबीच विद्यमान निकटतम सांस्कृतिक सम्बन्ध एवं मैत्री भविष्यमा अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।  

यसैगरी, बहराइनका अधिराजकुमार त्यहाँको प्रधानमन्त्रीमा नियुक्त हुनुभएकामा बधाई ज्ञापन गर्दै प्रधानमन्त्री ओलीले पठाउनुभएको शुभकामना सन्देशमा सन् १९७७ मा नेपाल र बहराइनबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता द्विपक्षीय सम्बध उत्कृष्ट रहेको बताउनुभएको छ । साथै उहाँले आगामी दिनमा विद्यमान द्विदेशीय सम्बन्ध अझ उन्नत एवं विस्तार हुने आशा व्यक्त गर्नुभएको छ ।