१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुन्दुजमा मोर्टार आक्रमणमा ७ जनाको मृत्यु



symbolic picture
अ+ अ-

कुन्दुज । अफगानिस्तानको उत्तरपूर्वी शहर कुन्दुजमा बुधबार साँझ तालिबानले गरेको आक्रमणमा सात जना सर्वसाधारणको मृत्यु भएको छ । प्रहरीका अनुसार तालिबानले प्रहार गरेको मोर्टार लागेर मारिनेहरुमा महिला र बालबालिका समेत सात जनको मृत्यु भएको र अरु छ जना घाइते भएका छन् । अफगान रक्षा मन्त्रालयले कुन्दुजको बाहिरी इलाका टालोखा क्षेत्रमा उक्त घटना भएको जनाएको छ । 

हालैमात्र, अफगानिस्तानको प्रमुख विद्रोही समूह तालिबान र अफगान सुरक्षा फौजबीच इमाम शाहिब, दस्त–ए–आर्ची समेतका क्षेत्रमा भिडन्तहरु भएका छन् । पछिल्लो मोर्टार आक्रमणका बारेमा तालिबान समूहले केही प्रतिक्रिया दिएको छैन । 

कतारको दोहामा तालिबान समूह र अफगान प्रतिनिधिबीच वार्ता जारी रहे पनि अफगानिस्तानमा हिंसात्मक घटनामा कमी आएको छैन ।