४ पुष २०८२, शुक्रबार
,
Latest
कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे, अन्तरिम सरकार पनि विगतको भन्दा फरक पाएनौँः अध्यक्ष सिंह एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो जेनजी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने सञ्चारमन्त्रीको घोषणा एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी छ–ओली रवि लामिछाने चितवनमा, स्थलमार्ग हुँदै भैरहवातर्फ प्रस्थान अनलाइन घोटालाविरुद्ध वैश्विक पहल कांग्रेस अर्घाखाँचीद्वारा प्रत्यक्षतर्फ आठ जनाको नाम सिफरिस स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन इयुको ९० अर्ब युरो सहयोग सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलन आजदेखि



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतत्त विद्यार्थी सङ्गठन (क्रान्तिकारी)को २३औँ राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौँमा सुरु हुँदैै छ ।

क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहका अनुसार आजदेखि नयाँ नेतृत्व चयनसहित शैक्षिक मुद्दामा केन्द्रित रहेर चारदिनसम्म सञ्चालन हुने सम्मेलनको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम छ ।

सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्ने छ । नयाँ नेतृत्वका लागि यही असोज १३ गते मतदान हुने अध्यक्ष सिंहले जानकारी दिनुभयो ।