२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

यसअघि अनुपस्थित भएकालाई अन्तर्वार्तामा बोलाइयो



अ+ अ-

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया फेरि सुरु भएको छ । यसअघि अनुपस्थित भएका तीन जनालाई अर्थ मन्त्रालयले अन्तर्वार्ता र प्रस्तुतीकरणको लागि बोलाएको छ ।

धितोपत्र बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी, नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की र नेपाल बीमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईंलाई अन्तर्वार्ता र प्रस्तुतीकरणको लागि असोज १८ गते बिहान ८ बजेका लागि बोलाइएको हो ।

यसअघि दुई पटकसम्म उनीहरूलाई अन्तर्वार्ता र प्रस्तुतीकरणको लागि बोलाइएको भएपनि अनुपस्थित भएका थिए । त्यसबेला छानिएका पाँच जनामध्ये सन्तोषनारायण श्रेष्ठ, धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ मात्रै उपस्थित भएका थिए । त्यसैले फेरि बाँकी तीन जनालाई बोलाइएको हो ।

गत असारमा अर्थ मन्त्रालयले सूचना सार्वजनिक गर्दै अध्यक्ष नियुक्ति प्रक्रिया नै रोकिएको जानकारी दिएको थियो । धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको प्रक्रियाअन्तर्गत दोस्रो चरणमा अन्तर्वार्ताको लागि बोलाइएको पाँच जनामध्ये दुई जना मात्र उपस्थित भएपछि प्रक्रिया अगाडि बढाउने/नबढाउने अन्योल देखिएको थियो ।

यस सम्बन्धमा बोर्डको अध्यक्ष छनोट समितिले महान्यायाधिवक्ताको कार्यालयसँग कानुनी अड्चनको विषयमा राय मागेको थियो । महान्यायाधिवक्ताको कार्यालयले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा अन्तर्वार्तामा सहभागी भएका दुई जनालाई मात्रै सिफारिस गर्न नमिल्ने व्याख्या गरेको थियो ।

कार्यालयले या त पहिलो चरणमा छानिएका पाँचमध्ये तीन जनाको नाम सरकारलाई सिफारिस गर्नुपर्ने नभए पुन: नयाँ प्रक्रिया सुरू गर्नुपर्ने सल्लाह दिएको थियो ।

यसबीच छनोट समितिले पाँच जनाको नाम सिफारिस गर्ने तयारी गरेको थियो। तर, समितिमा रहेका अर्थसचिव मधु मरासिनीले यस्तो सिफारिस गर्न नमिल्ने अडान लिएपछि प्रक्रिया अगाडि बढ्न सकेको थिएन ।

छनोट समितिले पहिलो चरणमा १९ जनाबाट सन्तोषनारायण श्रेष्ठ, धितोपत्र बोर्डका कार्यकारी निर्देशकद्वय मुक्तिनाथ श्रेष्ठ, नवराज अधिकारी, नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की, नेपाल बीमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईंलाई छानेको थियो ।

यी पाँचमध्ये पहिलो पटक बोलाएको अन्तर्वार्तामा सन्तोष नारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठ मात्रै उपस्थित भएका थिए ।