१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्व रग्बी संघद्वारा नेपाल रग्बीलाई सदस्यता प्राप्त



अ+ अ-

काठमाडौं । विश्व रग्बीको मंसिर ३ गते सम्पन्न भएको बैठकबाट नेपाल रग्बी संघलाई एशोसिएट सदस्यता प्राप्त भएको छ । सन् २०१८ मा नेपाल रग्बीले एशिया रग्बी महासंघको पुरक सदस्यता प्राप्त गरेको थियो । वि.स २०६९ साल देखि नेपालमा रग्बि खेलको लागि गरेको मेहनतको मुख्य उपलब्धी भएको अध्यक्ष टंक लाल घिसिङले बताउनु भयो । घरेलु र बाह्य प्रतियोगिता लगायत रग्बि खेलको लागि लागिपर्ने सबै सम्बन्ध पक्षहरुको साझा उपलब्धी भएको उँहाले जानकारी दिनुभयो ।

उक्त निर्णय सँगै नेपाल रग्बी संघ आयम बढेको उनको दाबी छ । यो जिम्मेवारीलाई निर्वाह गर्न नेपाल रग्बी संघ तयार रहेको जनाएको छ ।  नेपाल रग्बी विश्व रग्बीको सदस्यता लागि महत्तवपूर्ण सहयोग गर्नुहुने नेपाल ओलमपकि कमिटि, नेपाल राष्ट्रिय खेलकुद परिषद तथा एशिया रग्बीलाई धन्यवाद सहित विश्व रग्बी प्रति आभार व्यक्त गरेका छन् ।