काठमाडौँ ।प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्वोधन गर्न लाग्नु भएको छ। दिउँसो ३ बजे प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्वोधन गर्ने तयारी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सरकार गठन भएको ६ महिना पुगेको तथा ओमिक्रोन भाईरसको सक्रमणबाट मुलुकमा असहज अवस्था उत्पन्न भएको बेला प्रधानमन्त्रीले सरकारले गरिरहेको काम लगायतका विषयमा राष्ट्रका नाममा सम्बोधन गर्न लाग्नु भएको हो ।
देउवा प्रधानमन्त्री बनेपछि पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्न लाग्नु भएको छ।