९ भाद्र २०८३, मंगलवार
,
Latest
अर्थमन्त्री वाग्लेको सूचना प्रविधि क्षेत्रका स्टार्टअपसँग छलफल प्रतिनिधि सभा बैठक स्थगित, बुधबार दिउँसो १ बजे बस्ने पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान कोशी कटानबाट बराहक्षेत्र जोगाउन विस्तृत अध्ययनपछि नदी नियन्त्रणका कार्यक्रम अघि बढाइने आहा, यस्तो पो झरना ! मलेसियाविरुद्ध नेपाललाई फिल्डिङको निम्तो मधेस प्रदेश : गत आवमा ८२१ उद्योग बन्द टाइफुन नाराका कारण दक्षिण चीनमा भीषण बाढीः करिव ४ हजार नागरिक सुरक्षित स्थानमा सारिए लाल सागरमा साउदी तेल ट्याङ्कर र सैन्य बलमाथि हुथी समूहद्वारा आक्रमणको दाबी पूर्वी प्रशान्त क्षेत्रमा अमेरिकी सेनाको कारबाहीः लागुऔषध तस्करीमा संलग्न रहेको आशङ्का गरिएको डुङ्गामाथि आक्रमण, दुई…
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय एकताका लागि खेल र सांस्कृतिक क्षेत्रको भुमिका महत्वपूर्ण: अध्यक्ष दाहाल



अ+ अ-
काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय एकताका लागि खेल क्षेत्र र सांस्कृतिक क्षेत्रको महत्वपूर्ण भुमिका हुने बताउनुभएको छ ।
बुधवार अखिल नेपाल चेस एशोसिएशनको आयोजनामा भएको एफ।एम। सुजेन्द्रप्रसाद श्रेष्ठ प्रथम स्मृति भेट्रान राष्ट्रिय चेस प्रतियोगिता २०८१ उद्घाटन समारोहमा बोल्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो । उहाँले आफूले पहिलोपटक प्रधानमन्त्री हुँदादेखि नै खेल र सांस्कृतिक क्षेत्रलाई विशेष ध्यान दिइरहेको बताउनु भयो । उहाँले खेलकुदको माध्यमबाट राष्ट्रिय एकताको प्रवद्र्धन हुने बताउनु भयो । खेल क्षेत्र समाजमा अनुशासन र मर्यादा कायम गर्ने महत्वपूर्ण रणनीतिक क्षेत्र भएको उहाँले उल्लेख गर्नुभयो । उहाँले सांस्कृतिक क्षेत्रले पनि देशका सबै जातजाति, भाषाभाषि, क्षेत्र, वर्ग, समुदायलाई एउटै सूत्रमा बाँधेर राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘मैले गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री भएदेखि नै दुईवटा क्षेत्रमा मेरो विशेष रुपले, राजनीति र विकास निर्माणको क्षेत्र बाहेक दुईवटामा मेरो विशेष ध्यान थियो र अहिले पनि छ । एउटा, खेलकुद नै हो । खेलकुदको माध्यमबाट राष्ट्रिय एकता प्रवद्र्धन गर्ने, देशको विकास र समृद्धिको एउटा नयाँ यात्रा शुरु गर्ने, समाजमा अनुशासन र मर्यादा कायम गर्ने एउटा विधितिर समाजलाई लैजाने महत्वपूर्ण रणनीतिक क्षेत्र खेल क्षेत्र हो भन्ने मेरो बुझाइको कारणले मैले खेललाई उच्च प्राथमिकता दिँदै आएको छु । अर्को संस्कृतिको क्षेत्र हो ।’
‘किनकी संस्कृतिले पनि देशलाई जोड्न, हाम्रो देशका सबै जातजाति, भाषाभाषि, क्षेत्र, वर्ग, समुदाय सबै संस्कृतिलाई एउटै सूत्रमा बाँध्न र राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्न र त्यसरी विकास, समृद्धिको नयाँ यात्रा सुरु गर्ने क्षेत्र पनि हो भनेर मैले सांस्कृतिक क्षेत्रलाई पनि । मैले पहिलो पटक प्रधानमन्त्री हुँदा यसको निम्ति एउटा अक्षय कोष होस् भनेर मैले दिल खोलेर सांस्कृतिक क्षेत्रलाई सहयोग गरेको छु । किनकी यि दुईवटै क्षेत्र राष्ट्रिय एकताको लागि, अनुशासनको लागि, समाजमा मर्यादा कायम गर्नका लागि महत्वपूर्ण क्षेत्र हुन् भन्ने मेरो बुझाई हो ।’
उहाँले नेपालले अन्तर्राष्ट्रिय खेल प्रतियोगिताहरुमा पनि पदक हासिल गर्न सफल भएको भन्दै यस वर्ष कहिल्यै नर्बिसने वर्ष बन्न गएको बताउनु भयो । उहाँले चेस प्रतियोगिता पनि बिस्तारै देशको खेल क्षेत्रमा महत्वपूर्ण प्रतियोगिताको रुपमा स्थापित हुने विश्वास व्यक्त गर्नुभयो ।