९ आश्विन २०८१, बुधबार
,
Latest
‘प्रेम गीत ३’ ‘सिनेमाघर’मा रिलिज, अब ल्यापटप र डेस्कटपमा पनि हेर्न मिल्ने पूर्वाग्रह साथ पक्राउ नगर्ने र पक्राउ गरिएका प्रति मानवोचित व्यवहार गर्न आयोगको आग्रह बङ्गलादेशमा पोलिथिन झोला प्रयोगमा प्रतिबन्ध अमेरिकी राष्ट्रपति चुनाव : महाशक्ति राष्ट्रको कमाण्ड कसको हातमा पुग्ला ? बाजुरामा चट्याङ लागेर वृद्धको मृत्यु आफ्नो पार्टनरलाई म्यासेज गर्दा गल्तिले पनि नगर्नुहोस् यी ५ काम नेप्से परिसूचकमा ४९ अङ्कको वृद्धि पर्यटकको रोजाइमा ‘तीनधारे झरना’ साहारा सहकारीका संस्थापक अध्यक्ष जीबी राईसहित १७ जनाविरुद्ध मुद्दा दर्ता प्राडा पन्त आइएपिबीको ‘बोर्ड अफ ट्रस्टी’मा निर्वाचित
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुर महानगरपालिकालाई विपद् व्यवस्थापनमा ‘नम्बर वान’ बनाउन चाहन्छौं: मेयर महर्जन



अ+ अ-

काठमाडौँ । ललितपुर महानगरपालिकालाई विपद् व्यवस्थापनमा पहिलो महानगरपालिका बनाउन चाहेको मेयर चिरिबाबु महर्जनले बताउनुभएको छ ।

बुधवार ललितपुरमा आगलागि नियन्त्रण सचेतना अभियान शुभारम्भ गर्दै उहाँले सो प्रतिवद्धता व्यक्त गर्नुभएको हो । मेयर महर्जनले ललितपुरको महानगर क्षेत्रमा विपद् व्यवस्थापनका लागि ४ मिनेटभित्र आवश्यक दमकल लगायतका सामग्रीहरु पुर्‍याई सक्नेगरी योजना तय गरिएको पनि बताउनु भयो । हाम्रो उद्देश्य भनेको नेपालमा रहेको २९३ वटा नगरपालिकाहरुमध्ये विपद्मा ललितपुर महानगरपालिका पहिलो बनाउनु रहेको उहाँको भनाई थियो ।

मेयर महर्जनले तत्काल विपद् व्यवस्थापनका लागि आफ्नो तर्फबाट गर्नुपर्ने कामहरु राम्रोसँग अघि बढाएको दाबी समेत गर्नुभयो । उहाँले विपद् व्यवस्थापनका लागि पुल्चोक दमकल सेन्टरलाई केन्द्र भागमा राखेर अन्य ठाउँमा पनि ४ वटा सवस्टेशनहरु बनाउने गरी अध्ययन गराइएको र सो कामलाई चालु आर्थिक वर्ष भित्रैबाट शुरु गर्ने समेत जानकारी दिनुभयो ।

मेयर महर्जनले भन्नुभयो, ‘हाम्रो उद्देश्य भनेको नेपालमा २९३ वटा नगरपालिकाहरु छन् भने ती सबै नगरपालिकाहरुमध्ये विपद्मा हामी ललितपुर महानगरपालिका नम्बर वान हुन चाहन्छौ । यसका निमित्त हाम्रो तर्फबाट गर्नुपर्ने काम कुराहरु एकदमै राम्रोसँग अगाडि बढिरहेको छ । र हालसालै हामीले एउटा अध्ययन पनि गराएका छौँ कि ललितपुर नगर क्षेत्रमा कुनैपनि ठाउँमा विपद् हुँदाखेरी ४ मिनेट भित्रमा हाम्रो विपदका अवयवहरु दमकल, एम्बुलेन्सलगायतका सामग्रीहरुको त्यो ठाउँमा पुग्नुपर्छ भन्ने किसिमको अध्ययन गरिएको छ । त्यही प्रतिवेदन अनुसार ललितपुर महानगर क्षेत्रमा पुल्चोकको जुन दमकल छ ।’

‘त्यसलाई सेन्टरमा पारेर ४ वटा थप ठाउँमा सवस्टेशन खोल्नुपर्छ भन्ने उहाँहरुको सुझाव छ । र सोही सुझाव अन्तर्गत हामीले अहिले यो वर्ष ललितपुर महानगरपालिकाको रातो पुस्तिकामा त्यो बजेटको व्यवस्था पनि गरेका छौँ । तर यो भन्न सजिलो, गर्न महाभारत छ । गर्न धेरै गाह्रो छ । तर पनि यो वर्ष हामी त्यसको शुभारम्भ गर्दैछौं । मलाई जहाँसम्म लाग्छ–१/२ वर्ष लाग्ला तर त्यो पूरा हुन्छ भन्ने कुरा मैले यहाँहरुलाई निवेदन गरेँ ।’

मेयर महर्जनले ललितपुर महानगरपालिकाले आफ्नो महानगर क्षेत्र भित्रको मात्रै नभई ललितपुर जिल्लाका सबै स्थानीय तहलाई पनि विपद् व्यवस्थापनमा सहयोग गर्ने लक्ष्य लिएको पनि बताउनु भयो ।