२ मंसिर २०८१, आईतवार
,
Latest
जीपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु शेरबहादुर देउवा र आरजु राणा उग्रतारा मेलामा निर्वाचन आचारसंहिता आजदेखि लागू, उल्लङ्घन गरे के हुन्छ कारबाही ? स्थानीय तह उपनिर्वाचन : उम्मेदवारी दर्ता आज कार्वन व्यापारलाई थप प्रभावकारी बनाउन आवश्यक: वनमन्त्री शाही कीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन् : सञ्चारमन्त्री गुरुङ नेपालको सिमानाको इतिहास तथा यसको विवेचना विचार गोष्ठी सम्पन्न स्थानीय तह उपनिर्वाचन: कीर्तिपुर र काठमाडौं-१६ मा माओवादी र एस बिच सहकार्य लायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्माण व्यवसायीका समस्या समाधान सरकारको पहिलो प्राथमकिता: कार्यवाहक प्रधानमन्त्री सिंह



अ+ अ-

काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले निर्माण व्यवसायीहरुलाई निर्माणको काम गर्न सहज हुने गरी तत्काल समस्या समाधान गर्ने पक्षमा सरकार रहेको बताउनुभएको छ ।

नेपाल निर्माण व्यवसायी महासंघसँगको छलफलका क्रममा उहाँले निर्माण व्यवसायीहरुका समस्यालाई सरकारले पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभएको हो । उहाँले सरकारले निर्माण व्यवसायीहरुको हितमा गरेका कामहरु आउने दिनमा पुष्टि हुने उल्लेख गर्नुभयो ।

कार्यवाहक प्रधानमन्त्री सिंहले निर्माण व्यवसायीहरुले भोग्नुपरेका नीतिगत, ऐन, कानून र नियमावलीहरुका अफ्ठ्याराहरु चाँडै समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले वर्तमान सरकार निर्माण व्यवसायीहरुका जायज मागहरु समाधान गर्ने पक्षमा रहेको बताउनु भयो । उहाँले जतिसक्दो चाँडो समस्या समाधान गर्न पहल भइरहेको बताउनु भयो । उहाँले निर्माण व्यवसायीहरुको निर्माणका लागि भुक्तानी सहज होस् भन्ने चाहनालाई सरकारले चाँडै नीतिगत र ऐनहरुलाई संशोधन गरेर पूरा गर्ने प्रतिवद्धता जनाउनु भयो ।

उहाँले भन्नुभयो,‘निर्माण व्यवसायीहरुले काम गर्दैगर्दा देखिएका समस्या र अफ्ठ्याराहरु सरकारलाई पुन: जानकारी दिनुभएको छ । निर्माण व्यवसायीहरुले जुन खालका अफ्ठ्याराहरु भोग्नुभएको छ । जसमा नीतिगत ऐन कानूनहरु, अव्यवहारिक भएका नियमावलीहरुका विषयमा सरकारलाई जानकारी दिनुभएको छ । जसमा निर्माण व्यवसायीहरुका जायज मागहरु छन् । त्यसलाई नेपाल सरकारले समाधान गर्ने पक्षमा छ । जतिसक्दो चाँडो समस्या समाधान गर्न कसरी सकिन्छ । त्यसमा सरकारले विशेष ध्यान दिएर काम गरिरहेका छौं । आगामी दिनमा आउने परिणामबाट व्यवसायीहरुले थाहा पाउनु हुनेछ । निर्माण व्यवसायीहरुको निर्माणको काम गर्न र भुक्तानी सहज रुपमा होस् भन्ने चाहनालाई सरकारले चाँडै नीतिगत र ऐनहरुलाई संशोधन गर्ने काम गर्छौं ।’

शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले निर्माणको भुक्तानी व्यवसायीहरुलाई भन्दा बढी पेचिलो सरकारलाई भएकाले दशैँअघि नै भुक्तानी दिने अर्थ मन्त्रालयको तयारी रहेको बताउनु भयो । उहाँले अर्थमन्त्रालयको दशैँअघि भुक्तानी सक्ने तयारी अनुरुप शहरी विकास अन्तर्गतका आयोजनाहरुको विवरण दिएको पनि बताउनु भयो । उहाँले शहरी विकास मन्त्रालय अन्तर्गतको गत आर्थिक वर्षको भुक्तानी दिनुपर्ने ५६ करोड भुक्तानीको स्रोत समेत पहिचान गरेर स्वीकृतिको लागि अर्थ मन्त्रालयमा पठाएको उल्लेख गर्नुभयो । उहाँले शहरी विकास मन्त्रालयको हकमा निर्माण व्यवसायीहरुको भुक्तानीमा समस्या नभएको दाबी गर्नुभयो ।

उहाँले चालु आर्थिक वर्षमा पनि शहरी विकास मन्त्रालय अन्तर्गतका आयोजनाहरुबाट निर्माण व्यवसायीहरुले भुक्तानी पाएन भन्ने अवस्था नहुने बताउनु भयो । उहाँले मन्त्रालयले भुक्तानी गर्नुपर्ने आयोजनाहरु थोरै रहेको बताउनु भयो । उहाँले नेपाल सरकारले निर्माण व्यवसायीहरुको भुक्तानी दिन नसकेको कारण निर्माणको काम रोकिएको अवस्था आए १४ औं पटक नियमावली संशोधन गर्न मन्त्रालय तयार रहेको बताउनु भयो ।